वासिङ्गट- अमेरिकाको ४७ औँ राष्ट्रपतिको शपथ लिएलगत्तै डोनाल्ड ट्रम्पले कयौँ ठूला घोषणा गरेका छन् । उनले आफ्नो घोषणामा तेस्रो लिङ्गीको मान्यता खारेज गरिदिएका छन् । पुरुष र महिला दुईवटा मात्रै लिङ्ग हुने बताउँदै ट्रम्पले तेस्रो लिङ्गीको प्रावधानमा धावा बोलेका हुन् ।
ट्रम्पले सोमबार राति अमेरिकी संसद् क्यापिटल हिलमा ४७ औँ राष्ट्रपतिका रुपमा शपथ लिएपछि विश्वराजनीतिमा अनेक प्रभाव देखिन थालेका छन् । ट्रम्पले सत्ता सम्हाल्दै देशदेखि लिएर विदेशसम्म अमेरिकी नीतिमा कयौँ परिवर्तनको कोशिश गरेका छन् ।
शपथका क्रममा उतले ३० मिनेट लामो भाषण दिए । ट्रम्पले अमेरिका फर्स्ट नीतिमार्फत् अन्य देशमा कर बढाउने घोषणा गरेका छन् । अर्कातिर उनले अब अमेरिकामा केवल महिला र पुरुष लिङ्गलाई मात्रै मान्यता दिने घोषणा गरे ।
१. अमेरिकमा केवल दुई लिङ्ग
ट्रम्पले सम्बोधनका क्रममा आजदेखि अमेरिकी सरकारका लागि केवल दुई लिङ्ग महिला र पुरुष मात्रै हुनेछन् । उनको यो निर्णय मुख्य सल्लाहकार रुपमा रहेका एलन मस्कको योजनाअनुसार आएको हो । उनले सम्बोधनका क्रममा सबै सरकारी सेन्सरशिपलाई तुरुन्त रोक्न निर्देशन दिँदै अमेरिकामा अभिव्यक्ति स्वतन्त्र बहाल गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा पनि गरे ।
ट्रम्पले चुनाव प्रचारका क्रममा ट्रान्सजेन्डर समुदायविरुद्ध अभिव्यक्ति दिएका थिए । ट्रम्पका रक्षा मन्त्री पिट हेगसेथका अनुसार सेनामा महिला र ट्रान्सजेन्डर्सलाई समावेश गरेपछि अमेरिकाको सुरक्षा व्यवस्था कमजोर भइरहेको छ ।
२. अवैध आप्रवासीलाई निकाल्ने
ट्रम्पले देशमा अवैध आप्रवासीको आगमन बन्द गर्ने घोषणा गरेका छन् । अवैध आप्रवासीलाई पक्रिएर सीमामा छोड्ने नीति पनि समाप्त गर्ने घोषणा उनले गरेका छन् । उनले भने- बाइडेन प्रशासनले हाम्रो देश देशमा अवैध रूपमा प्रवेशन गर्ने खतरनाक अपराधीलाई शरण दिएर उनीहरूलाई संरक्षण पनि गरेको छ ।
उनले यसो भन्नुको कारण एउटा रिसर्चको प्रतिवेदन थियो । प्यु रिसर्च सेन्टरका अनुसार अमेरिकामा विश्वकै सबैभन्दा धेरै आप्रवासी छन् । विश्ववका कुल आप्रवासीमध्ये २० प्रतिशत अमेरिकामै रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३ सम्म अमेरिकामा रहने आप्रवासीको कुल संख्या ४.७८ करोड थियो । ट्रम्पले अन्य देशबाट आएका आप्रवासीले अमेरिकामा ठूला ठूला अपराध गरिरहेको निष्कर्ष निकालेका छन् ।
३. मेक्सिको सीमामा आपत्काल
ट्रम्पले अमेरिका-मेक्सिकोको सीमा (दक्षिणी सिमाना) मा आपत्कालीन अवस्था लागुन गर्ने बताएका छन् । उनले यहाँबाट हुने सबै अवैध प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने बताएका छन् । सरकारले अपराध गर्ने विदेशीलाई उनीहरूकै देशमा डिपोर्ट गर्ने पनि उनले बताए ।
ट्रम्पले अमेरिका-मेक्सिको सीमाबाट आउने अवैध आप्रवासीको बढ्दो संख्या अमेरिकी राजनीतिमा एक ठूलो मुद्दा रहेको बताए । ट्रम्पले यहाँबाट अवैध आप्रवासी र अपराधी अमेरिकामा प्रवेश गर्ने गरेको बताए । ट्रम्पले यस सीमाक्षेत्रमा पर्खाल बनाउने कुरा बताइसकेका छन् ।
४. पनामा नहर फेरि लिने धम्की
ट्रम्पले सम्बोधनका क्रममा पनामा नहर फेरि फिर्ता लिने धम्की दिएका छन् । उनले पनामा नहरलाई लिएर एकदमै गलत र नराम्रो व्यवहार गरिएको पनि बताएका छन् । उनले यसलाई उपहारका रुपमा पनामालाई दिनु ठिक नभएको बताएका हुन् । अहिले पनामा नहरलाई चीनले सञ्चालन गर्ने गरेको छ । उनल यो नहर चीनलाई नदिएको बताउँदै फिर्ता लिने बताए। उनले पनामा देशलाई दिएको यो नहर चीनलाई चलाउन दिएको भन्दै आपत्ति जनाएका हुन् ।
ट्रम्पले यस नहरलाई सन् १९९९ मा पनामालाई उपहारका रुपमा दिएको स्मरण गराएका छन् । तर यसलाई अहिले चीनले नियन्त्रणमा लिइसकेको छ । यहाँ अमेरिकी जहाजले धेरै कर तिर्नुपरेपछि ट्रम्प रिसाएका छन् ।
५. मेक्सिको खाडीको नाम फेर्ने
ट्रम्पले मेक्सिको खाडीको नाम फेरेर अमेरिकाको खाडी राख्ने घोषणा गरेका छन् । ट्रम्पले पहिले पनि अमेरिकाको खाडीको नाम धेरै‘सुन्दर’ लाग्ने बताएका थिए । अब त्यही नाम राख्नु सही हुने उनको तर्क छ।
ट्रम्पले यस क्षेत्रमा अमेरिकाका धेरै उपस्थिति रहेको बताएका छन्। अमेरिका यस इलाामा सबैभन्दा धेरै सक्रिय हुने भएकाले यो अमेरिकाकै रहेको उनको जिकिर थियो ।
६. अन्य देशमाथि कर बढाउने
ट्रम्पले अहिलेसम्म अमेरिका सरकार अरु देशलाई धनी बनाउन आफ्नै देशका नागरिकमाथि कर लगाउँदै आएको बताए । उनले अब यसलाई फेरेर आफ्नो देशका नागरिकलाई धनी बनाउन अरु देशमाथि कर बढाउने बताएका छन् ।
ट्रम्पले कयौँ पटक अमेरिकाले हरेक वर्ष अन्य देशसँग ठूलो व्यापार घाटा भोग्नु परिरहेको बताइरहेका छन् । उनले चुनाव जितेपछि ब्रिक्स देशमाथि १०० प्रतिशत कर लगाउने धम्की दिएका थिए । यसका अलावा उनी चीन, क्यानाडा र मेक्सिकोमाथि भारी कर लाउने धम्कीमा उत्रिसकेका छन् ।
७. विद्युतीय गाडी अनिवार्य नियम हट्यो
डोनाल्ड ट्रम्पले उनको ‘सरकार ग्रीन न्यु डील’ लाई समाप्त गर्ने पक्षमा रहेको बताए । ‘ग्रीन न्यू डील’मा क्लीन इनर्जीलाई बढावा दिने कुरा गरिएको थियो । यसका साथै ट्रम्पले इलेक्ट्रिक गाडीको अनिवार्यता पनि समाप्त गर्ने कुरा ल्याएका छन् । ट्रम्पले अर्को शब्दमा आफूलाई मन परेको गाडी चढ्न अमेरिकी नागरिक स्वतन्त्र रहेको पनि बताए ।
ट्रम्पले कयौँ पटक घोषित रूपमा जलवायु परिवर्तनबारे शंका जाहेर गरिसकेका छन् । उनी जीवाश्म इन्धनका मुखर समर्थक हुन् । उनले सन् २०१६ मा राष्ट्रपति बनेपछि अमेरिकालाई २०१५ को पेरिस क्लाइमेट सम्झौताबाट बाहिर निकालेका थिए ।
८. स्वास्थ्य र शिक्षा प्रणालीको आलोचना
ट्रम्पले अमेरिकी स्वास्थ्य प्रणालीको पनि आलोचना गरे । उनले आपत्कालमा काम नगर्ने भन्दै अमेरिकी स्वास्थ्य प्रणालीको कडा आलोचना गरे । जबकि यसमै विश्व सबैभन्दा धेरै पैसा खर्च गर्छ।
उनले शिक्षा प्रणालीको पनि आलोचना गरे । ट्रम्पले अमेरिकाको शिक्षा प्रणालीले बालबलच्चालाई लज्जित हुन सिकाइरहेको बताएका छन् । तर अब यो सबैलाई बदल्ने उनले बताए ।
ट्रम्पले डेमोक्रेट सरकारको स्वास्थ्य नीति मुश्किल समयमा देशका लागि काम नगर्ने बताए । यसका अलावा यसबाट सरकारी विभाग र एजेन्सीमाथि खर्च बढ्छ । उनले आफ्नो पहिलो कार्यकालमा पूर्वराष्ट्रपति बाराक ओबामाको ‘ओबामाकेयर हेल्थ इन्श्योरेन्स पोलिसी’विरुद्ध आदेश पास गरेका थिए ।
९. मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने
ट्रम्पले अमेरिका मंगल ग्रहमा आफ्नो झन्डा गाड्न तयार रहेको बताए । उनले मंगल ग्रहमा अमेरिकी झन्डा गाड्न अन्तरिक्ष यात्रीलाई पठाउने पनि बताए ।
ट्रम्पका समर्थक र स्पेसएक्सका मालिक इलोन मस्क कयौँ पटक धर्तीबाहिर नयाँ मानव बस्ती बसाउने कुरा बताइसकेका छन् । मंगल ग्रहलाई लिएर ट्रम्पको घोषणापछि मस्कले उभिएर ताली बजाए ।
१०. विदेशी शत्रु अधिनियम १७९८ लागु गर्ने
ट्रम्पले अमेरिकामा विदेशी गिरोहलाई निशाना बनाउन विदेशी शत्रु अधिनियम १७९८ मा लागु गर्ने बताएका छन् । यस कानुनी अधिकारको प्रयोग अन्तिम पटक दोस्रो विश्वयुद्धको समयमा जापानी, जर्मन र इटालीमूलका गैरअमेरिकी नागरिकलाई बन्दी बनाउन लागु गरिएको थियो । उनले आपराधिक गिरोहलाई विदेशी आतंकवादी संगठन घोषणा गरिने पनि बताए ।
ट्रम्पका अनुसार यो कानुन लागु भएपछि उनको सरकारलाई कयौँ अधिकार मिल्नेछ । जसको सहयोगमा अमेरिकाबाट सबै सन्दिग्ध लागुऔषध कारोबारीलाई देशनिकाला गर्न सकिनेछ ।
प्रतिक्रिया