खुला विश्वविद्यालयको पाठ्यक्रममा दिक्पालका दुई पुस्तक « Khabarhub

खुला विश्वविद्यालयको पाठ्यक्रममा दिक्पालका दुई पुस्तक


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इतिहास अन्वेषणमा सक्रिय लेखक राजकुमार दिक्पालद्वारा लिखित दुई पुस्तक विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ ।

नेपाल खुला विश्वविद्यालयले हालै निर्माण गरेको स्नातक तहको ‘मगर अध्ययन’ विषयको पाठ्यक्रम दिक्पालको दुई पुस्तक समावेश गरिएको हो ।

विश्वविद्यालयको सामाजिकशास्त्र तथा शिक्षा सङ्काय अन्तरगत स्नातक तहमा अध्यापन हुने उक्त पाठ्यक्रममध्ये पहिलो वर्षको पहिलो सेमेस्टरअन्तरगत चौथो इकाईको ‘नेपालको आधुनिक इतिहासमा मगरहरू’ पाठमा मनोज घर्तीमगरसहितको सहलेखनमा लेखिएको ‘मगर इतिहास’ र सातौँ इकाईको ‘आदिवासी मगर आन्दोलनको इतिहास’ अन्तरगत ‘आदिवासी विद्रोहको इतिहास’ पुस्तकलाई पाठ्यक्रममा समावेश गरिएको छ ।

विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि अध्यापन गर्ने गरी विद्यार्थी भर्नाको आवेदन आह्वानसमेत गरिसकेको छ ।

यी वाहेक लेखक दिक्पालको ‘पृथ्वीनारायण शाहः आलोचनात्मक इतिहास’, ‘जङ्गबहादुरको युग’ गरी चार वटा इतिहासको तथा ‘आतङ्कको छायाँमुनि’ कथा सङ्ग्रह गरी पाँच पुस्तक प्रकाशित छन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ४ : ३५ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको