सुप्रिम सहकारी ठगी : अदालतमा उपस्थित हुन पत्नीसहित भैरहवा पुगे रवि « Khabarhub

सुप्रिम सहकारी ठगी : अदालतमा उपस्थित हुन पत्नीसहित भैरहवा पुगे रवि


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गोर्खा मिडिया नेट्वर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुन मंगलबार भैरहवा पुगेका छन् ।

लामिछानेमाथि जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भइसकेको छ । सुप्रिम सहकारीमा भएको ठगीसम्बन्धी मुद्दाका क्रममा अदालतमा उपस्थित हुन रवि भैरहवा पुगेका हुन् ।

उनी मंगलबार अपरान्ह बुद्ध एयरलाइन्सको उडान नम्बर यू ४-८५९ बाट श्रीमती निकिता पौडेल लामिछानेसहित भैरहवामा उत्रिएका हुन् ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा यही माघ ६ गते जिल्ला अदालतमा दायर गरिएको पुरक अभियोगपत्रमा रविलाई प्रतिवादी बनाइएको छ । उक्त मुद्दामा रविविरुद्ध ४ करोडभन्दा धेरैको बिगो कायम गरिएको छ।

उनी अहिले भैरहवाको होटल मेरिगोल्डमा बसेका छन् । लामिछाने बुधबार अदालतमा हाजिर भएपछि बयान थालिनेछ । त्यसपछि थुनछेक बहस भएर पुर्पक्षको टुंगो हुने छ ।

सुप्रिमको बचत अपचलन कसुरमा जिल्ला अदालत रुपन्देहीमा हालसम्म ४२ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। प्रतिवादी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदाबीसहित अभियोग लगिएको हो ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता थिए । जसमा एक हजार ८ सय ७२ जनाले ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।

यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा क्रमश: ६५ र ६० लाख धरौटीमा रिहा भएका थिए ।

यो पनि-
सुप्रिम सहकारीमा रवि लामिछानेको मुद्दा के हो ?

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : १८ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । नेपाल

तामाकोशीमा बस खस्दा कम्तीमा ६ जनाको मृत्यु

काठमाडौं– रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ ।

फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा हुने, पहिलो पोस्टर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

वीरगन्ज– जिल्ला प्रहरी कार्यालयले वीरगन्जको अवैध गोदाममा छापा मार्न जाँदा

लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियान : रामप्रसादराईमा ज्ञान महोत्सव

भोजपुर– जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत (रैथाने) ज्ञान, सीप, परम्परा