‘कोशेढुङ्गा’मा कलाकारको रोचक लाइअप, आर्यनदेखि नीतिसम्म « Khabarhub

‘कोशेढुङ्गा’मा कलाकारको रोचक लाइअप, आर्यनदेखि नीतिसम्म


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सबैभन्दा बढी व्यापार गरेर कीर्तिमान कायम राखेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले नयाँ फिल्म ‘कोशेढुङ्गा’का लागि मुख्य कलाकार चयनको काम पूरा भएको जानकारी दिएका छन्‌ ।

केही साता अगाडि नै यो फिल्म निर्माण घोषणा भएको थियो । तर, औपचारिक रुपमा मंगलबार मात्रै कलाकारहरुको लाइनअप सार्वजनिक गरिएको हो ।

यस फिल्ममा कलाकारहरूको लाइअप रोचक छ । चकलेटी नायक आर्यन, थिएटर पृष्ठभूमि भएका नायक प्रवीण खतिवडा, मोडलिङ पृष्ठभूमिकी नायिका नीति शाह र अर्की नायिका सुरक्षा पन्त फिल्मका लागि फाइनल भएको निर्माण पक्षको भनाइ छ ।

कलाकारहरुको विविधताले यस फिल्मप्रति दर्शकको चासो बढ्ने देखिन्छ । को कलाकारको कस्तो भूमिका हुने भन्ने बिस्तारै खुल्ने निर्देशक पौडेल बताउँछन् । सोसल ड्रामा जनरामा बन्ने यस फिल्मले अभाव, संघर्ष र सपनाका कथाहरू उठान गर्ने बताइएको छ ।

निर्देशक पौडेल फागुन २ गतेबाट छायाङ्कनमा निस्कने योजनामा छन् । फिल्म वि.सं. २०८२ को उपयुक्त मितिमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको यस फिल्मका निर्माता प्रेविल कँडेल र हरि महत हुन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ९ : ३३ बजे

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु