कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेट  | Khabarhub Khabarhub

कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेट 


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गणतन्त्र कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूत ली जोङग्युले दुई दिने नेपाल भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन् । 

जोङग्यले आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र परराष्ट्र सचिवलगायत उच्च पदस्थ व्यक्तिसँग भेटघाट गरी द्विपक्षीय सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल गर।

विशेष दूतको यो नेपाल भ्रमण विगत ५० वर्षको मैत्रीपूर्ण सम्बन्धलाई मध्यनजर गर्दै आगामी ५० वर्षको सम्बन्ध विस्तारका लागि आवश्यक योजना तजुर्मा गर्नु रहेको यहाँस्थित कोरियाली दूतावासले जनाएको छ । 

गतवर्ष कोरिया र नेपालबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने क्रममा संयुक्त राष्ट्र सङ्घ महासभामा दुई देशका परराष्ट्र मन्त्रीको बैठक आयोजना भएको थियो । 

सन् १९७४ मा कूटनीतिकसम्बन्ध स्थापना भएदेखिनै कोरिया र नेपालबीच विगत ५० वर्षदेखि जनस्तरको घनिष्ठसम्बन्ध रहँदै आएको छ । दुई देशले विगतमा अर्थतन्त्र, रोजगारी र पर्यटनलगायत विभिन्न क्षेत्रमा अत्यन्त महत्त्वपूर्णसम्बन्ध स्थापित गरेको बारेमा छलफलका क्रममा उल्लेख भएको छ । 

विशेष दूतले नेपालका उच्च पदस्थ व्यक्तिको भेटघाटका क्रममा कोरिया सरकारले नेपाललाई १५ वर्षसम्म निरन्तर एक महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा निर्धारण गरेर नेपालको कृषि, स्वास्थ्य, रोजगारी तालिम, तथा जलवायु परिवर्तनलगायतका आवश्यकताको आधारमा नेपाललाई सहयोग गरिरहेको बताएका थिए  ।

सन् २००७ मा सम्झौता भएको कोरिया–नेपाल रोजगार अनुमति प्रणालीमार्फत हालसम्म एक लाख १० हजारभन्दा बढी नेपाली कामदारले कोरियामा काम गर्ने अवसर प्राप्त गरेका छन् । रोजगारीको माध्यमबाट दुवै देशको आर्थिक विकासमा योगदान पुगेको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ७ : ५० बजे

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

बागलुङ– पहिरोले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

धरानमा बोतलको पानीभित्रै किरा, नियामकले थाल्यो अनुगमन

सुनसरी – पिउने पानी बिक्रीवितरण गर्दै आएको गङ्गाजल ब्रान्डको बोतलबन्द

लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाबाट रुपन्देही क्षेत्र

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार समेत सुनको मूल्य बढेको छ । सुनको मूल्य बढेसँगै

धादिङ–मलेखु सडक : भासिने र पहिरो जाने क्रम रोकिएन

धादिङ– धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि