पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्माको निधन « Khabarhub

पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्माको निधन


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ ।

६८ वर्षको उमेरमा शर्माको भारतमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनका दाजु कृष्णराज शर्माका अनुसार मिर्गौलामा समस्या भएपछि पूर्वमन्त्री शर्मा उपचारका लागि भारत गएका थिए ।

शर्मा बागलुङका पुराना वामपन्थी नेताका रुपमा परिचित उनले लामो समय एमालेको राजनीति गरेका थिए ।

उनी संविधानसभामा बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए । शर्मा २०५६ को निर्वाचनमा पनि त्यही क्षेत्रबाट उम्मेदवार थिए । उनी एमाले केन्द्रीय सदस्य तथा धौलागिरी अञ्चल सह-इन्चार्जसमेत भएका थिए ।

उनले १० वर्षसम्म एमाले जिल्ला कमिटी पार्टी सचिवको जिम्मेवारी पूरा गरेका थिए। उनी २०४९ सालमा गाविस अध्यक्ष निर्वाचित भएका थिए।

२०३६ सालदेखि राजनीतिमा सक्रिय उनी धेरै सयम भूमिगत रूपमा राजनीतिमा थिए । शर्माले २०३९ र २०४२ सालमा जेलजीवन बिताए ।

एमाले बागलुङका संस्थापक नेता तथा पूर्वऊर्जा राज्यमन्त्री शर्माले २०७८ मा नेकपा एमाले परित्याग गरेका थिए । शर्मा एमाले विधि र विधानमा नरहेको भन्दै पार्टी त्यागको घोषणा गरेर नेकपा (एकीकृत समाजवादी)मा संगठित भएका थिए।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ८ : ०३ बजे

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको