सन् २०२५ देखि २०३५ सम्म ‘पर्यटन दशक’ « Khabarhub

सन् २०२५ देखि २०३५ सम्म ‘पर्यटन दशक’


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा आगामी सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकका रूपमा मनाउने गरी तयारी भइरहेको बताएका छन्‌ ।

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले २०२५ देखि २०३५ सम्म पर्यटन दशकका रूपमा मनाउनका लागि कार्ययोजनाको कार्य भइरहेको बताए ।

‘हामीले पर्यटन दशक मनाउने भनेर मात्रै हुँदैन, त्यसका लागि मुख्य त आर्थिक तयारी गर्नुपर्ने छ, पर्यटन दशकका लागि राज्यले कति लगानी गर्न सक्छ, विदेशी सहयोग कति हुन्छ, अहिले त्यसबारेमा छलफल भइरहेको छ’, उनले भने । संस्कृति, पर्यटन र हवाई क्षेत्रका समस्यालाई प्राथमिकताको आधारमा समाधान गर्दै आएको उनको भनाइ छ ।

‘मन्त्रालयमा गुम्बा, मन्दिर वा मस्जित चाहियो भनेर आउनुहुन्छ, त्यसलाई हामीले प्राथमिकताको आधारमा अगाडि बढाउने गरेका छौँ, कुनै ठाउँमा मन्दिर बनाउनका लागि सङ्घीय सरकारले कति, प्रदेश सरकारले कति, स्थानीय सरकारले कति वा सरोकारवालारउपभोक्ताले कति योगदान गर्ने भन्ने विषयमा प्राथमिकता आधारमा काम गर्ने गरिएको छ’, उनले भने ।

मन्त्री पाण्डेले भएका विमानस्थलको व्यवस्थापन, संरक्षण वा मर्मत गर्ने र विमानस्थलको माग भएका स्थानको आवश्यकताका आधारमा अध्ययन गर्ने काम भइरहेको बताए । उनले सुशासन कायम गर्ने सन्दर्भ उल्लेख सरकारसँग सम्बन्धित सबै प्रेसका काम नेपाल प्रज्ञा–प्रतिष्ठानमा रहेको प्रेसमा गर्नेगरी नीतिगत निर्णय भएको जानकारी दिनुभयो । सञ्चालनमा रहेका सबै विमानस्थललाई हरेक हिसाबले उत्कृष्ट बनाउनका लागि अध्ययन कार्य भइरहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ९ : २७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल