सन् २०२५ देखि २०३५ सम्म ‘पर्यटन दशक’ « Khabarhub

सन् २०२५ देखि २०३५ सम्म ‘पर्यटन दशक’


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा आगामी सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकका रूपमा मनाउने गरी तयारी भइरहेको बताएका छन्‌ ।

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले २०२५ देखि २०३५ सम्म पर्यटन दशकका रूपमा मनाउनका लागि कार्ययोजनाको कार्य भइरहेको बताए ।

‘हामीले पर्यटन दशक मनाउने भनेर मात्रै हुँदैन, त्यसका लागि मुख्य त आर्थिक तयारी गर्नुपर्ने छ, पर्यटन दशकका लागि राज्यले कति लगानी गर्न सक्छ, विदेशी सहयोग कति हुन्छ, अहिले त्यसबारेमा छलफल भइरहेको छ’, उनले भने । संस्कृति, पर्यटन र हवाई क्षेत्रका समस्यालाई प्राथमिकताको आधारमा समाधान गर्दै आएको उनको भनाइ छ ।

‘मन्त्रालयमा गुम्बा, मन्दिर वा मस्जित चाहियो भनेर आउनुहुन्छ, त्यसलाई हामीले प्राथमिकताको आधारमा अगाडि बढाउने गरेका छौँ, कुनै ठाउँमा मन्दिर बनाउनका लागि सङ्घीय सरकारले कति, प्रदेश सरकारले कति, स्थानीय सरकारले कति वा सरोकारवालारउपभोक्ताले कति योगदान गर्ने भन्ने विषयमा प्राथमिकता आधारमा काम गर्ने गरिएको छ’, उनले भने ।

मन्त्री पाण्डेले भएका विमानस्थलको व्यवस्थापन, संरक्षण वा मर्मत गर्ने र विमानस्थलको माग भएका स्थानको आवश्यकताका आधारमा अध्ययन गर्ने काम भइरहेको बताए । उनले सुशासन कायम गर्ने सन्दर्भ उल्लेख सरकारसँग सम्बन्धित सबै प्रेसका काम नेपाल प्रज्ञा–प्रतिष्ठानमा रहेको प्रेसमा गर्नेगरी नीतिगत निर्णय भएको जानकारी दिनुभयो । सञ्चालनमा रहेका सबै विमानस्थललाई हरेक हिसाबले उत्कृष्ट बनाउनका लागि अध्ययन कार्य भइरहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ९ : २७ बजे

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

मोरङ– मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ

एमाले महाधिवेशनस्थलमा प्रतिनिधिहरूको चहलपहल (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

रातभर लगाएर एमालेको महाधिवेशनस्थल तयार, प्रतिनिधिहरूको चहलपहल सुरु

भक्तपुर– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि रातभर लगाएर उद्घाटनस्थलको

महान्यायाधिवक्ता जोडिएको अवैध डिम्ब कारोबार प्रकरणले जन्माएका प्रश्न

काठमाडौं- नाबालिकाहरूको डिम्ब अवैध कारोबारको घटना बाहिरिएपछि इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियामाथि नै

एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ?

काठमाडौं– नेकपा (एमाले) को शुक्रबार बसेको बैठकमा नेताहरूबीच भनाभन भएको