एमालेले २०८२ भदौमा विधान महाधिवेशन डाक्ने « Khabarhub

एमालेले २०८२ भदौमा विधान महाधिवेशन डाक्ने


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले वि.सं. २०८२ भदौमा पार्टीको विधान महाधिवेशन डाक्ने निर्णय गरेको छ ।

मङ्गलबार बसेको पार्टी सचिवालय बैठकले आगामी भदौ २०,२१ र २२ गते ललितपुरको गोदावरीस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा विधान महाधिवेश गर्ने निर्णय गरेको हो ।

एमालेले यसअघिको विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म आयोजना गरेको थियो ।

सो महाधिवेशनमा प्रतिनिधिहरूले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, तत्कालीन महासचिव ईश्वर पोखरेलले पेश गरेको सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गरेका थिए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १० : ३१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित