युक्रेनको खनिजमा पहुँच नपाएपछि अमेरिका निराश « Khabarhub

युक्रेनको खनिजमा पहुँच नपाएपछि अमेरिका निराश

जेलेन्स्की भन्छन्, ‘म मेरो राज्य बेच्न चाहन्न।’


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – युक्रेनले खनिजका स्रोतमा पहुँच नदिने भएपछि अमेरिका निराश बनेको छ। युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्स्कीले खनिजमा अमेरिकी पहुँचका बारे प्रस्ताव अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले यसले रुस र युक्रेन युद्ध सुरु भए यता गर्दै आएको सहयोगमा असर पर्ने बताइसकेका छन्।

बिहीबार युक्रेनका लागि अमेरिकी दूत केइथ केलग र जेलेन्स्कीको भेटवार्ता छायामा परेको छ। वाल्जले ट्रम्पको प्रस्ताव युक्रेनले अस्वीकार गरेपछि यसले ह्वाइट हाउसलाई निराश बनाएको बताएका हुन्।

युक्रेनमा लिथियम र टिटानियम जस्ता खनिजको धेरै भण्डार छ। साथै धेरै कोइला, ग्यास, तेल र युरेनियम छ। वाल्जले युक्रेनलाई राम्रो अवसर दिएको बताउँदै अमेरिकी प्रस्ताव स्वीकार गरेमा सधैँ भरी युक्रेनको सुरक्षाको ग्यारेन्टी हुने समेत बताए।
जेलेन्स्कीले भने कडा प्रतिक्रिया दिँदै यो प्रस्ताव अस्वीकार गरेका हुन्। उनले भनेका छन्, ‘म मेरो राज्य बेच्न चाहन्न।’ केलग र जेलेन्स्कीको भेट वार्ता पछिको पत्रकार सम्मेलनमा वाल्जले यो कुरा बताएका हुन्।

यता ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जले जेलेन्स्कीले तत्काल वार्ताको टेबलमा आएर युक्रेनमा महत्त्वपूर्ण खनिजका श्रोतमा अमेरिकी पहुँचको बारे सल्लाह गर्नु आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : ५८ बजे

फलाखु खोलामा बेलीब्रिज जडान सुरु, दसैँअघि नै सञ्चालनमा ल्याउने

त्रिशूली– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास

किताब बगाएपछि बालबालिकालाई पढाइको पिर

पर्वत– पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा कक्षा

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता