ट्रम्प नीतिको डरले ११ वर्षीया आप्रवासी बालिकाले गरिन् आत्महत्या | Khabarhub Khabarhub

ट्रम्प नीतिको डरले ११ वर्षीया आप्रवासी बालिकाले गरिन् आत्महत्या


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

टेक्सास– अमेरिकाको टेक्सासमा ११ वर्षीया बालिकाले आत्महत्या गरेको एउटा हृदय विदारक घटना सार्वजनिक भएको छ ।

परिवारको अध्यागमन अवस्थाका कारण विद्यालयमा उनलाई लगातार जिस्काउने गरेको र स्कुलमा उनका सहपाठीहरूले उनलाई उनका आमाबुवालाई अमेरिकाबाट निकालिने र एक्लै छाडने धम्की दिएपछि प्रताणित भएर आत्महत्या गरेको खुलेको हो ।

यही मानसिक तनाव र डरका कारण ११ वर्षीया बालिकाले आत्महत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार अनुसार टेक्सास निवासी जोसेलिन रोजो कारान्जा नामकी छात्राले विद्यालयमा लगातार दुर्व्यवहारको शिकार भएकी थिइन । 

उनको परिवारको अध्यागमन स्थितिका कारण उनको विद्यालयका केही विद्यार्थीहरूले उनलाई उत्पीडन गरेको आरोप छ। छोराछोरीले उनलाई आमाबुवालाई साङ्लोमा बाँधेर देश बाहिर पठाइदिने र एक्लै छाडने भन्ने डर देखाइने गरिएको थियो । यही मानसिक यातनाको शिकार बनेर जोस्लिनले ८ फेब्रुअरीमा आत्महत्या गरेकी हुन् ।

जोसेलिनकी आमा मार्बेला कारान्जाले आफ्नी छोरीमाथिको यातनाबारे आफूलाई पुर्व कुनै जानकारी नभएको बताइन् । 

उनले भने,  ‘मेरी छोरीले आफू यति तनावमा छिन् भन्ने कुनै संकेत कहिल्यै दिइनन् । मलाई कहिल्यै थाहा थिएन कि उसलाई स्कुलमा दुर्व्यवहार गरिएको थियो। यस विषयमा छानबिन सुरु भएपछि मात्र जोस्लिनले विद्यालयमा छोरीमाथि निरन्तर दुर्व्यवहार भइरहेको खुलेको थियो । तर, विद्यालय प्रशासनले उनीहरुलाई यसबारे कुनै जानकारी परिवारलाई दिएन ।

अहिले जोस्लिनले आत्महत्या गरेपछि विद्यालय प्रशासन नै शंकाको घेरामा परेको छ । विद्यालयलाई यसबारे जानकारी भए पनि कुनै कारबाही नगरेको उनकी आमाको आरोप छ । गेनेसभिल इन्डिपेन्डेन्ट स्कुल माथि जिल्ला प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । विद्यालय प्रशासनले दुर्व्यवहारका घटनालाई नजिकबाट नियाल्ने र त्यस्ता गुनासोहरूलाई गम्भीरताका साथ लिने बताए पनि जोसलिनको मुद्दामा कुनै ठोस वक्तव्य जारी नगरिएको उल्लेख गरिएको छ ।

जोस्लिनको अन्त्येष्टि बुधबार मात्रै भएको थियो, जसमा सयौं मानिसहरूको सहभागीता रहेको थियो। यही क्रममा उनकी साथी रूबेलाले भनिन्,  ‘हामी सँगै रुख चढ्ने गर्दथ्यौँ, हाँस्ने गर्दथ्यौँ र हाम्रा हरेक साना–ठूला कुरा साझा गर्थ्यौं । उनी एकदमै असल साथी थिइन् ।’ 

जोसेलिनको मृत्युले अमेरिकामा बाल बालिकामाथि हुने दुर्व्यवहार र आप्रवासी परिवार माथि हुने भेदभावको गम्भीरतालाई उजागर गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । यो घटनापछि धेरै संघ संस्थाले विद्यालयमा हुने दुर्ब्याबहार रोक्न थप कडा कानुन बनाउन सरकारसँग माग गरेका छन् । 

साथै, आप्रवासी परिवारका बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्नका लागि कदम चाल्नुपर्नेमा पनि जोड दिइएको छ । जोसेलिनको परिवारले मृतकको  न्यायका लागि माग गर्ने बताएका छन् ताकि अन्य निर्दोष व्यक्तिको जीवन यसरी समाप्त नहोस्।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ९ : ३८ बजे

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

काठमाडौं– सोलुखुम्बुको सल्लेरीमा ‘सोलुखुम्बु स्केट पार्क’ सञ्चालनमा आएको छ ।

युवाहरुलाई साथ लिएर अघि बढ्नेछाैँ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुलाई साथमा

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौं : हमास

एजेन्सी – हमासले गाजामा जारी द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम

विकास-निर्माणका काममा राजनीति नगरौँ : विमलेन्द्र निधि

जनकपुरधाम– नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले विकास–निर्माणका गतिविधिमा राजनीति गर्नु