नेपाल प्रहरी विधेयकमा ३९ वटा संशोधन « Khabarhub

नेपाल प्रहरी विधेयकमा ३९ वटा संशोधन


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा ३९ वटा संशोधन दर्ता भएका छन् । 

गृह मन्त्रालयले माघ १५ मा प्रतिनिधिसभामा विधेयक दर्ता गरेको थियो । फागुन ५ मा विधेयकमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । छलफलपछि सभाले विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको ७२ घण्टाको संशोधन राख्ने समयमा सांसदहरूबाट ३९ संशोधन प्रस्ताव दर्ता भएको हो ।

गृहमन्त्री रमेश लेखकका अनुसार संविधानले परिकल्पना गरेबमोजिम प्रहरी संगठनलाई प्रादेशिक क्षेत्राधिकार तथा प्रदेश प्रहरीसम्म विस्तारसहितको संवैधानिक मर्म अनुकूल हुनेगरी व्यवस्था गर्न तथा प्रहरीका सम्बन्धमा विश्वका अन्य देशहरूले अपनाएका असल अभ्याससमेत अनुकरण गरी प्रहरीको सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाई मुलुकमा शान्ति, सुरक्षा कायम गरी अमनचयन हासिल गर्न विधेयक संसदमा पेस गरिएको हो ।

प्रहरीसम्बन्धी ऐन नहुँदा प्रदेश प्रहरी गठन हुन सकेको छैन । सातवटै प्रदेशले प्रहरी ऐन चाँडो पारित गर्न संघीय सरकारलाई दबाब दिँदै आएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १२ : ३७ बजे

टुँडिखेलमा किरात समुदायले मनाए उधौली (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टुँडिखेलमा किरात समुदायले परम्परागत नृत्य, वेशभूषा र सांस्कृतिक

एमालेले देशलाई गलत दिशामा जान दिँदैन : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो

एसिया कप क्रिकेट : नेपाल श्रीलंकासँग पराजित

काठमाडौं– एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो

लुम्बिनीका कप्तान रोहितले ह्याट्रिक लिएपछि सुदूरपश्चिमको ब्याटिङ संकटमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी फाइनल

एलओडीमा ‘एनपीएल नाइट’ हुँदै

काठमाडौं- ठमेलको एलओडी क्लबमा शनिबार राति ‘एनपीएल नाइट’ हुने भएको