सुरू भयो एकीकृत समाजवादीको बैठक, आन्दोलनमा जाने तयारी (तस्बिरहरू) « Khabarhub

सुरू भयो एकीकृत समाजवादीको बैठक, आन्दोलनमा जाने तयारी (तस्बिरहरू)


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।

बैठक बिहान ११ बजेबाट ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको हो ।

बिहीबार बस्ने भनिएको बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्ज विदुर सापकोटाको निधनपछि बैठक स्थगित गरिएको थियो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ । 

यो बैठकले जनजीविका र सुशासनका सवालबारे आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ । यसअघि मङ्गलबार र बुधबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । उक्त प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गरिँदै छ।

समाजवादीमा पछिल्लो समय भएको कार्यविभाजनलाई लिएर अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद छ । खनालले कार्यविभाजनमा तीव्र असन्तुष्टि जनाएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १ : १४ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब