माधव नेपालको गुनासो- हामीलाई सानो भनेर हेपे, आगामी चुनावमा देखाइदिन्छौँ « Khabarhub

माधव नेपालको गुनासो- हामीलाई सानो भनेर हेपे, आगामी चुनावमा देखाइदिन्छौँ


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई सानो भन्दै हेपिएको गुनासो गरेका छन् ।

शुक्रबारदेखि सुरु पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकलाई ललितपुरमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले ठूला दलले आफ्नो पार्टीलाई हेपिरहेको बताएका हुन् ।

सानो पार्टी भयो भन्दै हेप्नेलाई आगामी चुनावमा ठूलो दल बनेर मुखभरको जवाफ दिनुपर्ने पनि उनले अठोट व्यक्त गरे ।

‘हाम्रो पार्टी सानो छ भन्ने निराशावादी सोचबाट मुक्त भएर अघि बढौँ । यो पार्टी चल्दैन भन्ने निराशावादी कुरा गर्नेलाई मुखभरको जवाफ दिन काम, गतिविधि र व्यवहार देखाउँछौँ’, उनले भने, ‘विगतमा पनि क्रान्ति र आन्दोलन गर्न सक्दैनन् भनेर पार्टीभित्रै निराशावादी कुरा गर्ने थिए । तिनीहरूलाई चोटिलो प्रहार गरेर नयाँ युग थालेका थियौँ । त्यसैले हामी भोलि पनि सक्छौँ ।’

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले विकास र सुशासन दिन नसकेको नेपालले बताए । उननले साना दल फुटाएर मेटाउने प्रयास भएको बताएका छन् ।

‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ’, उनले भने, ‘दुई दलीय मान्यता एकदलीय तानाशाह लाद्ने सोचभन्दा फरक छैन । साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त गर्ने र देशमा तानाशाह लाद्ने कुचेष्टा हुँदैछ ।’

वर्तमान सरकारलाई देशको समस्याप्रति वास्ता नरहेको उनले बताए । जनताको समस्याप्रति चासो नरहेको र देश विकासमा पनि गम्भीरता नरहेको उनले बताए ।

देशभित्र भेदभाव, छुवाछुतको घटना र बलात्कार बढिरहेको भन्दै नेपालले सरकारले यस्ता अपराध नियन्त्रण गर्न सरकारले नसकेको बताए ।

आफ्नो पार्टीबारे कु-प्रचार गरिएको बताउँदै उनले एकीकृत समाजवादी एमाले या माओवादी कतै पनि मिल्न नजाने पनि स्पष्ट पारे ।

‘हाम्रो पार्टीबारे अनेकथरीका कुरा प्रचारमा आउने गरेका छन् । कसैले एमालेसँग मिल्दैछ भनेका छन्, कसैले माओवादीसँग मिल्दै भने । अनेक कु-प्रचार भइरहेका छन्’, उनले भने, ‘यस्ता कुनै कु-प्रचारको भ्रममा पर्नुपर्ने आवश्यकता छैन । हामी यो पार्टीलाई बलियो र प्रभावकारी बनाउने योजनामा छौँ ।’

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १ : ३५ बजे

शुक्लाफाँटाका तीन सामुदायिक विद्यालयमा ‘रेट्रोफिटिङ’ गरिँदै

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा आधुनिक प्रविधिमार्फत

सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत

महोत्तरी– महाेत्तरीको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट

महिला फुटबल : आज नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै

इन्डोनेसिया – त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल

पर्यटकको आकर्षक केन्द्र बन्दै सुनसरीको ‘तालतलैया’

धरान- सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई