माधव नेपालको गुनासो- हामीलाई सानो भनेर हेपे, आगामी चुनावमा देखाइदिन्छौँ « Khabarhub

माधव नेपालको गुनासो- हामीलाई सानो भनेर हेपे, आगामी चुनावमा देखाइदिन्छौँ


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई सानो भन्दै हेपिएको गुनासो गरेका छन् ।

शुक्रबारदेखि सुरु पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकलाई ललितपुरमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले ठूला दलले आफ्नो पार्टीलाई हेपिरहेको बताएका हुन् ।

सानो पार्टी भयो भन्दै हेप्नेलाई आगामी चुनावमा ठूलो दल बनेर मुखभरको जवाफ दिनुपर्ने पनि उनले अठोट व्यक्त गरे ।

‘हाम्रो पार्टी सानो छ भन्ने निराशावादी सोचबाट मुक्त भएर अघि बढौँ । यो पार्टी चल्दैन भन्ने निराशावादी कुरा गर्नेलाई मुखभरको जवाफ दिन काम, गतिविधि र व्यवहार देखाउँछौँ’, उनले भने, ‘विगतमा पनि क्रान्ति र आन्दोलन गर्न सक्दैनन् भनेर पार्टीभित्रै निराशावादी कुरा गर्ने थिए । तिनीहरूलाई चोटिलो प्रहार गरेर नयाँ युग थालेका थियौँ । त्यसैले हामी भोलि पनि सक्छौँ ।’

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले विकास र सुशासन दिन नसकेको नेपालले बताए । उननले साना दल फुटाएर मेटाउने प्रयास भएको बताएका छन् ।

‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ’, उनले भने, ‘दुई दलीय मान्यता एकदलीय तानाशाह लाद्ने सोचभन्दा फरक छैन । साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त गर्ने र देशमा तानाशाह लाद्ने कुचेष्टा हुँदैछ ।’

वर्तमान सरकारलाई देशको समस्याप्रति वास्ता नरहेको उनले बताए । जनताको समस्याप्रति चासो नरहेको र देश विकासमा पनि गम्भीरता नरहेको उनले बताए ।

देशभित्र भेदभाव, छुवाछुतको घटना र बलात्कार बढिरहेको भन्दै नेपालले सरकारले यस्ता अपराध नियन्त्रण गर्न सरकारले नसकेको बताए ।

आफ्नो पार्टीबारे कु-प्रचार गरिएको बताउँदै उनले एकीकृत समाजवादी एमाले या माओवादी कतै पनि मिल्न नजाने पनि स्पष्ट पारे ।

‘हाम्रो पार्टीबारे अनेकथरीका कुरा प्रचारमा आउने गरेका छन् । कसैले एमालेसँग मिल्दैछ भनेका छन्, कसैले माओवादीसँग मिल्दै भने । अनेक कु-प्रचार भइरहेका छन्’, उनले भने, ‘यस्ता कुनै कु-प्रचारको भ्रममा पर्नुपर्ने आवश्यकता छैन । हामी यो पार्टीलाई बलियो र प्रभावकारी बनाउने योजनामा छौँ ।’

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १ : ३५ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक