हमासले फिर्ता गरेका मृतक बन्धकमा शिरीको शव प्राप्त नभएको इजरायलको दाबी  « Khabarhub

हमासले फिर्ता गरेका मृतक बन्धकमा शिरीको शव प्राप्त नभएको इजरायलको दाबी 


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायलले गाजाबाट फर्काइएका चार बन्धकको शवमध्ये हमासले बताएअनुसार शिरी बिबासको अवशेष प्राप्त नभएको शुक्रबार बताएको छ ।

इजरायली सेनाले शिरीका दुई छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शव प्राप्त नभएको बताएको हो । लडाकू समूहले बन्धक–कैदी आदानप्रदान अन्तर्गत एक हिस्साका रूपमा बिहीबार चार बन्धकको अवशेषलाई रेडक्रसमार्फत्  इजरायली सेनालाई सुम्पिएको थियो । 

सेनाका प्रवक्ता अविचय अद्राईले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरेका छन्, ‘अनुसन्धान प्रक्रियाका क्रममा यो पत्ता लाग्यो कि हस्तान्तरण गरिएकामध्ये तीन जनाको अवशेष सही भए पनि अर्को एक जनाको अवशेष शिरीको होइन र उक्त अवशेष अन्य कुनै पनि अपहृत व्यक्तिसँग मेल खाँदैन।’

उनले भने, ‘हमासले सम्झौताअनुसार शिरीसहित सबै अपहरितलाई फिर्ता गर्नुपर्छ ।’

इजरायलले बिबास परिवारका दुई छोरा (एरियल र कफिर) लाई गाजामा प्यालेस्टिनी ‘आतङ्ककारी’ले मारेको निष्कर्ष निकालेको छ । यद्यपि, सेनाले एरियल र कफिरकी आमा शिरीलाई युद्धको सुरुमा इजरायली हवाई आक्रमणमा मारिएको हमासको दाबीको खण्डन गरेको छ ।

‘सम्बन्धित अधिकारीहरूको मूल्याङ्कन र उपलब्ध खुफिया र निदान सूचकहरूको आधारमा एरियल र केफिर बिबासलाई सन् २०२३ नोभेम्बरमा ‘प्यालेस्टिनी आतङ्ककारी समूह हमास’ ले कैदमा क्रूरतापूर्वक मारेका थिए,’ अद्राइले भने । 

धेरै इजरायलीहरूका लागि सन् २०२३ अक्टोबर ७ मा अपहरणपछि बन्धकहरूको अग्निपरीक्षाको प्रतीक बनेको शिरी, कफिर र एरियल बिबासको अवशेषहरू बिहीबार हस्तान्तरण गरिएको हमासले जनाएको थियो । 

हमासले चौथो बन्धक ओडेद लिफ्शिट्जको शव पनि हस्तान्तरण गरेको थियो । उनी एक अनुभवी पत्रकार र लामो समयदेखि प्यालेस्टिनी अधिकारका रक्षक थिए ।

गाजा पट्टीमा भएको युद्धविरामअन्तर्गत इजरायली शवहरू हस्तान्तरण गरिएको यो पहिलो घटना थियो। 

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले गाजायुद्धविराम सम्झौताको ‘क्रूर र दुर्भावनापूर्ण’ उल्लङ्घन गरेको आरोप लगाएका छन् । 

प्रधानमन्त्री नेतन्याहूले एक भिडियो वक्तव्यमा भनेका छन्, ‘हामी शिरीलाई जीवित र मारिएका हाम्रा सबै बन्दीहरूसहित घर फर्काउने र सम्झौताको ‘क्रूर र दुर्भावनापूर्ण’ उल्लङ्घनको लागि हमासले पूरा मूल्य चुकाउने सुनिश्चित गर्ने अठोटका साथ काम गर्नेछौं।’
 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  २ : १७ बजे

सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको