गगनको टिप्पणी- अब कसैले पनि लोकतन्त्रको विकल्प खोज्दैन « Khabarhub

गगनको टिप्पणी- अब कसैले पनि लोकतन्त्रको विकल्प खोज्दैन


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि लोकतन्त्रको विकल्प नखोज्ने बताएका छन् ।

फागुन ७ गतेको प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले विकल्प खोज्ने बेला आएको र त्यसका लागि आफू तयार भएको सन्देश दिएको सन्दर्भमा थापाको यस्तो भनाइ आएको हो ।

‘मलाई के विश्वास छ भने अब कसैले पनि लोकतन्त्रको विकल्प खोज्दैन’, उनले विराटनगर विमानस्थलमा भने, ‘म त्यस्तो कुराको कल्पना पनि गर्दिनँ र त्यो मान्दा पनि मान्दिनँ । लोकतन्त्रको विकल्प खोज्ने विषयमा छलफल पनि नगरौँ ।’

उनले अहिले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई सबैले मिलेर सफल बनाउनुपर्ने पनि बताइ । ‘पार्टीबाट सरकारमा जिम्मा पाएका साथीहरूलाई थप सफल बनाउने हो । गलत काम नगर भन्ने हो’, उनले भने, ‘साथीहरूलाई खबरदारी र प्रश्न गर्ने कुरालाई जारी राखेर सफल बनाउनुपर्छ ।’

उनले कांग्रेसको महाधिवेशनलाई नियमित प्रक्रिया भनेका छन् । ‘महाधिवेशनमा समूह बन्छन्, प्यानल बन्छन्, चुनाव भिडिन्छ । त्यो लोकतान्त्रिक अभ्यास हो’, उनले भने, ‘हामीले १५ औँ महाधिवेशन प्रक्रिया थालिसकेका छौँ । विधानले तोकेको सीमाभित्र महाधिवशेन हुन्छ ।’

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  २ : ५७ बजे

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित