१६ वर्षअघि ट्याक्सी चालकको हत्यापछि फरार व्यक्ति पक्राउ, तोकिएको थियो २० वर्ष सजाय « Khabarhub

१६ वर्षअघि ट्याक्सी चालकको हत्यापछि फरार व्यक्ति पक्राउ, तोकिएको थियो २० वर्ष सजाय


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार एकजना अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका-३ घट्टेका ३७ वर्षीय वीरमानसिंह भुलन तामाङ छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२० सुनाकोठीबाट बिहीबार पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार तामाङलाई जिल्ला अदालत भक्तपुरले २०७८ भदौ ३ गते २० वर्ष कैद सजाय सुनाएको थियो।

२०६६ साल मंसिर २६ गते राति साढे १२ बजे तामाङले बा१ज ९१४ नम्बरको ट्याक्सी चालक रोशी गाउँपालिका-४ का २३ वर्षीय मेघबहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।

वीरमानसिंहले ठमेलबाट कोटेश्वर जानु छ भन्दै भक्तपुर ठिमी नगरपालिका-१६ स्थित नरेफाँट लगेर तामाङको हत्या गरेका थिए।

त्यसबेला वीरमानसिंहसहित चारजना घटनामा संलग्न थिए। अन्य अभियुक्त पक्राउ परिसकेका छन्।

तामाङको खुट्टा बाँधेर घाँटीमा गलबन्दीले कसेर हत्या गरिएको थियो। हत्यापछि उनको साथबाट नगद र मोबाइल लुटपाट गरिएको थियो।

वीरमानसिंहलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुर पठाइएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ४ : ४२ बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट