स्वीस बैंकमा पैसा लुकाएकोबारे ओ‌लीको जवाफ- सम्पत्ति किन चाहियो, दुइटा रोटी र दालभात खाने हो « Khabarhub

स्वीस बैंकमा पैसा लुकाएकोबारे ओ‌लीको जवाफ- सम्पत्ति किन चाहियो, दुइटा रोटी र दालभात खाने हो


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीट्जरल्यान्डको बैंकमा पैसा लुकाएको भनेर आफूविरुद्ध अनर्गल प्रचार गरिएको बताएका छन् ।

ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार लोकार्पण गर्दै उनले यसो भनेका हुन् ।

उनले स्वीस बैंकमा पैसा राख्नुपर्ने कुनै जरुरी नरहेको पनि बताएका छन् । ‘मलाई किन त्यत्रो सम्पति चाहियो ? दुइटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पति लुकाउनुपर्ने केही कारण छैन’, उनले भने, ‘मेरो सबै जीवन खुल्ला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने, भ्रम फिँजाउने र दुर्वाच्य बोल्ने हाम्रो सभ्यता होइन ।’

सम्बोधनका क्रममा ओलीले सुशासनबाट मात्रै देशलाई समृद्धितिर लान सकिने बताए । उनले सुशासन एउटा गम्भीर चुनौतीका रुपमा रहेकाले छिटो छरितो कानुन बनाएर काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले व्यावसायको क्षेत्रसहित नेपाल चेम्बर अफ कमर्शको संस्थागत विकासमा योगदान दिएका राजेशकाजी श्रेष्ठको व्यक्तित्व र कृतित्व नयाँ पुस्ताका लागि प्रेरणदायी हुने बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ५ : ०६ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले