स्वीस बैंकमा पैसा लुकाएकोबारे ओ‌लीको जवाफ- सम्पत्ति किन चाहियो, दुइटा रोटी र दालभात खाने हो | Khabarhub Khabarhub

स्वीस बैंकमा पैसा लुकाएकोबारे ओ‌लीको जवाफ- सम्पत्ति किन चाहियो, दुइटा रोटी र दालभात खाने हो


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीट्जरल्यान्डको बैंकमा पैसा लुकाएको भनेर आफूविरुद्ध अनर्गल प्रचार गरिएको बताएका छन् ।

ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार लोकार्पण गर्दै उनले यसो भनेका हुन् ।

उनले स्वीस बैंकमा पैसा राख्नुपर्ने कुनै जरुरी नरहेको पनि बताएका छन् । ‘मलाई किन त्यत्रो सम्पति चाहियो ? दुइटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पति लुकाउनुपर्ने केही कारण छैन’, उनले भने, ‘मेरो सबै जीवन खुल्ला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने, भ्रम फिँजाउने र दुर्वाच्य बोल्ने हाम्रो सभ्यता होइन ।’

सम्बोधनका क्रममा ओलीले सुशासनबाट मात्रै देशलाई समृद्धितिर लान सकिने बताए । उनले सुशासन एउटा गम्भीर चुनौतीका रुपमा रहेकाले छिटो छरितो कानुन बनाएर काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले व्यावसायको क्षेत्रसहित नेपाल चेम्बर अफ कमर्शको संस्थागत विकासमा योगदान दिएका राजेशकाजी श्रेष्ठको व्यक्तित्व र कृतित्व नयाँ पुस्ताका लागि प्रेरणदायी हुने बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ५ : ०६ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार