‘होस्टल–३’ ट्रेलर सार्वजनिकपछि टिकटक र टिकटकरको कुरा ! « Khabarhub

‘होस्टल–३’ ट्रेलर सार्वजनिकपछि टिकटक र टिकटकरको कुरा !


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘होस्टल–३’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा ठूलो पर्दाका लागि नयाँ अनुहार देखिन्छ ।

ट्रेलरले टिकटकबाट चर्चामा आएका पारस बम ‘कुल ब्वाइ’ फिल्मको केन्द्रीय भूमिकामा रहेको संकेत गर्छ । उनी पनि ठूलो पर्दाका लागि नयाँ अनुहार हुन् । तर, टिकटकमा उनी स्थापित अनुहार हुन् ।

फिल्मको मुख्य भूमिकामा आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली छन् । यी सबै ठूलो पर्दाका लागि नयाँ अनुहार हुन् ।

पदम र आशीष भने दर्शकले चिनेका अनुहार हुन् । पदम युट्युब कन्टेन्ट क्रिएटर हुन् भने आशीषले सानो पर्दामा बालकलाकारका रुपमा अभिनय गरिसेकका छन् ।

शुक्रबार कमलपोखरीको एक फिल्म हलमा ट्रेलर सार्वजनिक गरिएको थियो । रिहानबाहेकका मुख्य कलाकारहरू उपस्थित थिए ।

ट्रेलर सार्वजनिक पश्चातको प्रश्नोत्तर कार्यक्रममा निर्देशक सशान कँडेललाई सामाजिक सञ्जालमा चर्चित अनुहारलाई फिल्ममा लिनुको कारणबारे सोधिएको थियो ।

सशासनले उनीहरू प्रतिभा भएको महसुस भएर फिल्ममा लिएको स्पष्टीकरण लिए ।

उनलाई प्रचारका लागि टिकटकरहरूलाई फिल्ममा लिएको आरोप समेत लाग्ने गरेको छ । यो आरोप उनले खण्डन गरे ।

उनले स्पष्ट पारे, ‘मैले यो फिल्ममा कलाकार चयन गर्दा टिकटक ब्यान्ड थियो । उनीहरुको कन्टेन्टबाट हेर्दा प्रतिभा देखेर मैले फिल्ममा लिएको हो ।’

त्यस्तै, ‘कुल ब्वाइलाई टिकटकरको छवि मेटाउने उद्देश्यले फिल्ममा आएको’ भन्ने आरोप लाग्ने गरेको छ । यसबारे उनी स्वयम् जानकार रहेछन् ।

यो आरोपबारे प्रश्न गर्दा उनले भने, ‘यसबारे मलाई धेरै मानिसको अगाडि जवाफ दिन मन थियो । आज संयोग मिल्यो । म टिकटकरको छवि बदल्न आएको होइन । म टिकटकबाटै आएको केटा हो । म छवि मेटाउनभन्दा पनि टिकटकबाट फिल्मसम्म आइपुगेको भनेर आफूलाई स्थापित गर्न चाहान्छु ।’

आफूले टिकटकमा सर्ट भिडियो बनाएकै कारण फिल्मसम्म स्थान पाएको उनको बुझाइ छ ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : २० बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,