उर्भशीले तीन मिनेटका लागि तीन करोड लिएको चर्चा « Khabarhub

उर्भशीले तीन मिनेटका लागि तीन करोड लिएको चर्चा


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय मोडल तथा अभिनेतृ उर्भशी रौटेलाको अभिनय रहेको फिल्म ‘डाकु महाराज’ गत जनावरीमा प्रदर्शनमा आयो ।

फेब्रुअरी २१ बाट यो फिल्म ओटीटी प्लाटफर्ममा सार्वजनिक भएको छ । यो फिल्मलाई लिएर उर्भशी चर्चामा छिन् ।

केही समयअघि फिल्ममा सानो भूमिका निर्वाह गरेका कारण सामाजिक सञ्जालमा उनको ट्रोल भएको थियो ।

अहिले उनको पारिश्रमिकलाई लिएर चर्चा भएको छ । उनको पारिश्रमिकको चर्चा भारतका विभिन्न मिडियाले गरेका छन् ।

फिल्ममा उनको स्क्रिन टाइम तीन मिनेट मात्रै छ । अर्थात् पूरा फिल्ममा उर्भशीलाई तीन मिनेट मात्रै देख्न पाइन्छ ।

भारतीय मिडियामा भएको चर्चा अनुसार उनले यस फिल्मका लागि ३ करोडको भारु पारिश्रमिक बुझेकी छन् । अर्थात् उनले एक मिनेटका लागि १ करोड पारिश्रमिक लिएकी हुन् ।

भारतीय मिडिया ईटी नाउले उनका उक्त मोटो रोक पारिश्रमिक बुझेको दाबी गरेको हो । उर्भशी र फिल्म निर्माण पक्षले भने यसबारेमा आधिकारिक रुपमा बोलका छैनन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : २३ बजे

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

विदेशको ज्ञान, स्वदेशमा कमाइ

चितवन– दश वर्ष दुबईमा मजदुरी गरेर फर्किएका टीकाबहादुर गुरुङले मायाँटारमा

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौं– नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु