उर्भशीले तीन मिनेटका लागि तीन करोड लिएको चर्चा « Khabarhub

उर्भशीले तीन मिनेटका लागि तीन करोड लिएको चर्चा


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय मोडल तथा अभिनेतृ उर्भशी रौटेलाको अभिनय रहेको फिल्म ‘डाकु महाराज’ गत जनावरीमा प्रदर्शनमा आयो ।

फेब्रुअरी २१ बाट यो फिल्म ओटीटी प्लाटफर्ममा सार्वजनिक भएको छ । यो फिल्मलाई लिएर उर्भशी चर्चामा छिन् ।

केही समयअघि फिल्ममा सानो भूमिका निर्वाह गरेका कारण सामाजिक सञ्जालमा उनको ट्रोल भएको थियो ।

अहिले उनको पारिश्रमिकलाई लिएर चर्चा भएको छ । उनको पारिश्रमिकको चर्चा भारतका विभिन्न मिडियाले गरेका छन् ।

फिल्ममा उनको स्क्रिन टाइम तीन मिनेट मात्रै छ । अर्थात् पूरा फिल्ममा उर्भशीलाई तीन मिनेट मात्रै देख्न पाइन्छ ।

भारतीय मिडियामा भएको चर्चा अनुसार उनले यस फिल्मका लागि ३ करोडको भारु पारिश्रमिक बुझेकी छन् । अर्थात् उनले एक मिनेटका लागि १ करोड पारिश्रमिक लिएकी हुन् ।

भारतीय मिडिया ईटी नाउले उनका उक्त मोटो रोक पारिश्रमिक बुझेको दाबी गरेको हो । उर्भशी र फिल्म निर्माण पक्षले भने यसबारेमा आधिकारिक रुपमा बोलका छैनन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : २३ बजे

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना सञ्चालन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

साँगा-धुलिखेल सडक स्तरोन्नतिको काम कता पुग्यो ?

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

महाधिवेशनमा एमालेले ५० हजार बढी युवा उतार्ने

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले ५० हजार

आइतबारको माैसम पूर्वानुमान : देश आशिंक बदली

काठमाडौं – आइतबार दिउँसो देशभर घाम लाग्दै बादल लाग्ने मौसमविद्ले

ओली कुटीको नक्सा पोस्ट गर्दै शिक्षामन्त्री लेख्छन्- ‘इन्जिनियरलाई कारबाही गर्नुपर्छ !’

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले ओली कुटीको नक्सा बनाउने इन्जिनियरलाई