राजेशकाजी श्रेष्ठको व्यक्तित्व र योगदान पुस्तक लोकार्पण  « Khabarhub

राजेशकाजी श्रेष्ठको व्यक्तित्व र योगदान पुस्तक लोकार्पण 


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘राजेशकाजी श्रेष्ठ व्यक्तित्व र योगदान’ पुस्तकको लोकार्पण भएको छ ।
 
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले याक एण्ड यति होटलमा पुस्तकको लोकार्पण गरेका हुन् । 

प्रधानमन्त्री ओलीले व्यवसायको क्षेत्रसहित नेपाल चेम्बर अफ कमर्सको संस्थागत विकासमा योगदान दिएका राजेशकाजी श्रेष्ठको व्यक्तित्व र कृतित्व नयाँ पुस्ताका लागि प्रेरणादायी हुने बताए ।

इश्वरलाल प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक बद्री प्रसाद कोइरालाले लेखेका हुन् । शिशिर सापकोटा सम्पादक रहेको पुस्तकको संयोजक उज्वलजंग शाह छन् । 

प्रथम संस्करणको पुस्तकको एक हजार प्रति छापिएको छ भने प्रतिगोटा ५०० रुपैयाँ मूल्य राखिएको छ । २०५८ पृष्ठको पुस्तकमा ५ खण्डहरु रहेका छन् । 

पुस्तकमा राजेशकाजी श्रेष्ठको जन्मेदेखी राज्यमन्त्री हुँदासम्मको सन्दर्भ समावेश गरिएको छ । श्रेष्ठले चेम्बर अफ कर्मसमा बसेर गरेको योगदान, राज्यमन्त्री हुँदा गरेर काम देखि देश विदेशमा गएर गएर गरेको कामको बारेमा पुस्तकमा चर्चा गरिएको छ । 

पुस्तकमा पहिलो खण्डमा श्रेष्ठको व्यक्तित्व र योगदानको बारेमा चर्चा गरिएको छ भने दोस्रो खण्डमा विश्वमा चेम्बर आफ कमर्सको उत्पत्ति र विकासक्रमको बारेमा चर्चा गरिएको छ । 

तेस्रो खण्डमा नेपालको चेम्बरमा श्रेष्ठको योगदानको विषयमा चर्चा गरिएको छ भने चौथो खण्डमा श्रेष्ठले नेपाल चेम्बरसँग सम्बन्धित गरेको भाषणहरूको सङ्ग्रह रहेको छ । 

पुस्तको अन्तिम पाँचौँ खण्डमा भने श्रेष्ठको प्रमुख गतिविधिहरूको तस्बिरको सँगालो रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : २३ बजे

कविशिरोमणि पौड्यालको १४२औँ जन्मजयन्ती मनाइँदै

गण्डकी – कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जन्मजयन्ती अन्तर्गतका त्रिदिवसीय कार्यक्रम

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते