आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत ८ गते शुक्रबार चैत कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ मार्च २१ तारिख। विश्व कविता दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंको दिन राम्रो छ। आज गरेको काम दीर्घकालीन बन्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारको साथमा घुमघामको अवसर मिल्नेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुनुपर्नेछ।

वृष : तपाईंको बोलीका कारण महत्त्वपूर्ण काम बन्नेछ। बोली परोपकारमा प्रयोग गर्नु उचित हुनेछ। अप्रिय खबरले मन अशान्त बन्ने जोखिम छ। काम गर्नु अगाडि धैर्य बन्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : व्यापारबाट राम्रो आम्दानी हुनेछ। कृषि क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। दाम्पत्य जीवन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कर्कट : दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। राज्यका तर्फबाट सुविधा प्राप्त हुनेछ। अवसरको सदुपयोग गर्नुपर्ने समय आएको छ। थोरै बोलेर समस्याको समाधान गर्नु उचित हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। राज्यका अंगमा सेवा गर्ने अवसर मिल्नेछ। परिवारमा सामान्य जिम्मेवारी मात्र पूरा गर्नु उचित हुनेछ।

कन्या : आज तपाईंलाई जिम्मेवारी थपिने छ। सहयोग गर्नुपर्ने साथीबाट असहयोग हुनेछ। मनमा खटपटी बढ्नेछ। परिवारले निगरानी गरिरहेकाले हरेक काममा सचेत बन्नु उचित हुनेछ। आज ठुलो कामको सुरुवात गर्नु उचित हुनेछ।

तुला : दिन राम्रो छ। साझेदारीमा गरेको प्रयासबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको कामको उचित मूल्यांकन हुनेछ। विपक्षी साथी शान्त भएकाले नयाँ कामको सुरुवात हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। यसको सदुपयोग गर्नु पर्ने समय छ। लामो समय रोकिएका कामले निकास पाउने छन्। शिक्षामा जोश र जाँगर बढ्नेछ। परिवारको साथ मिल्नेछ।

धनु : आज तपाईंको बोलीमा सरस्वतीको बास छ। सभा र सम्मेलनमा तपाईंको प्रशंसा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। विपक्षी साथीसँग संघर्ष गर्दै अगाडि बढेमा नाफा हुनेछ।

मकर : सञ्चित धन खर्च हुने दिन छ। साथीभाइसँगको मित्रता कामय रहनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोगको उपचार भइरहेको भए स्वास्थ्यमा सुधार हुनेछ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कुम्भ : मन अशान्त बन्नेछ। सञ्चित धन खर्च हुनसक्छ। ठुलो योजना नबनाउनु उचित हुन्छ। बौद्धिक व्यक्तिसँग विवाद हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भए दिन सहज बन्नेछ।

मीन : दिन सामान्य छ। राम्रो बोले पनि गल अर्थ लगाएर तपाईंलाई सफाउने आफन्त सक्रिय छन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबडी हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट लाभ हुनेछ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ५ : ०१ बजे

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख