युक्रेनलाई सुरक्षित नबनाए रुसले युद्ध विराम भङ्ग गर्ने बेलायतको आशंका « Khabarhub

युक्रेनलाई सुरक्षित नबनाए रुसले युद्ध विराम भङ्ग गर्ने बेलायतको आशंका


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनलाई सुरक्षा प्रदान नगरिए रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले कुनै पनि समय युद्ध विराम भङ्ग गर्न सक्ने आशंका व्यक्त गरेका छन्। उनले रुस र युक्रेनको बीचमा जारी युद्ध विराम पूर्ण रूपमा कार्यान्वयन गर्दै सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिएका हुन्।

लन्डनमा २० भन्दा बढी देशका प्रतिनिधि भेला भएर युक्रेनको सुरक्षाका लागि सेना तयार गर्न गरेको छलफलमा स्टेइमरले सो कुरा बताएका हुन्। युद्ध विराम उल्लङ्घन गरेमा आफूलाई समेत अप्ठेरो पर्ने कुरा रुसले महसुस गर्नु आवश्यक रहेको समेत उनले बताए।

उनले अहिले बेलायत राजनीतिक चहलपहलबाट सैन्य विषयमा चासो लिइरहेको बताउँदै युद्ध विराममा सहमति हुनु अगाडि नै यो सब कुरा बताएका हुन्।

विना कारण पुटिनले युद्ध विराम नगर्ने विषयमा आफू प्रस्ट भएको समेत स्टेइमरले बताए।

प्रधानमन्त्री कार्यालयले भविष्यमा हुन सक्ने खतराको अवस्थालाई ध्यानमा राख्दै सैन्य नेता अहिले नै सचेत रहेको जनाएको छ। यस महिनाको सुरुवातमा २६ देशका नेताको उपस्थितिमा सम्मेलन भएपछि बेलायतले सैन्य नेताको छलफल बोलाएको हो।

सैन्य छलफल युक्रेनलाई कसरी सीमा, आकाश र समुद्रमा नै सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित भएको बताए। बेलायतका सैन्य शक्ति मन्त्री लुक पोलार्डले बेलायतले युक्रेनमा सेना पठाउन सक्ने सम्भावना रहेको बताए।

छलफलमा युक्रेनी आकाशको रक्षाका लागि बेलायती टाइफोन जेट पठाउने विषयमा पनि छलफल भएको थियो।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ८ : ३१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका