नेपाल संस्कृत विश्वविद्यालयको जीर्ण भवन भत्काइँदै (तस्बिरहरू) « Khabarhub

नेपाल संस्कृत विश्वविद्यालयको जीर्ण भवन भत्काइँदै (तस्बिरहरू)


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बसन्तपुर डबलीमा रहेको नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दे आएको जीर्ण भवन भत्काउन काम भइरहेको छ ।

२०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको सो भवन भत्काइएको हो ।

 २०७९ फागुन ११ मा बसेको महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा समिति बनाएर सो जीर्ण भवन भत्काउन सिफारिस गरेको थियो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम सो भवन संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो । जीर्ण बन्दै गएको सो भवन भत्किएर सम्भावित क्षति हुन सक्ने भन्दै भत्काउन थालिएको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १२ : ४५ बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान