मुस्ताङको जेरी गल्लीमा फिल्मका जेरी ‘अनमोल’लाई विशेष स्वागत « Khabarhub

मुस्ताङको जेरी गल्लीमा फिल्मका जेरी ‘अनमोल’लाई विशेष स्वागत


७ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसीको मुस्ताङसँग पूरानो सम्बन्ध छ । फिल्म ‘जेरी’ले उनलाई मुस्ताङसँग नजिक गराएको हो ।

वि.सं २०७१ सालमा अनमोल शीर्ष भूमिकामा रहेको फिल्म ‘जेरी’ प्रदर्शनमा आयो । यो फिल्मको छायाङ्कन मुस्ताङको विभिन्न स्थानमा भएको थियो ।

आन्तरिक पर्यटनको गन्तव्य मुस्ताङ बन्न यही फिल्मका समावेश त्यहाँका दृश्यहरू प्रमुखमध्येको एक बन्यो । त्यहीकारण त्यहाँका स्थानीयले दुम्बा ताललाई ‘जेरी लेक’ र मार्फा गाउँको एक गल्लीलाई ‘जेरी गल्ली’ नामकरण गरेका छन् ।

१० वर्षपछि जेरीको सिक्वेल ‘जेरी अन टप’को छायाङ्कन हुँदैछ । उनी त्यसको छायाङ्कनका क्रममा पुनः जेरी गल्ली पुगेका थिए ।

त्यहाँका स्थानीय अनमोललाई बाजागाजासहित स्वागत गरेका छन् । स्थानीयहरुले अनमोललाई फिल्मको शुभकामना र मायाको चिनो दिएका थिए ।

आफ्नो ठाउँको प्रचार गरेकामा उनीहरूले अनमोललाई धन्यवादसमेत दिए । अनमोलको साथमा ‘जेरी अन टप’की नायिका आँचल शर्मासमेत थिइन् ।

अनमोलले यो सम्मान र स्वागतले दश वर्ष पुरानो दिनलाई हिजो जस्तै महसुस गराएको बताइएका छन् । यस लागि उनले मुस्ताङवासीलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ३ : ०२ बजे

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध