अङ्गोलामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या ३०० पुग्यो | Khabarhub Khabarhub

अङ्गोलामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या ३०० पुग्यो


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

लुआन्डा – अफ्रिकी मुलुक अङ्गोलामा हैजाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ३१३ पुगेको छ । भने आठ हजार १४१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार मात्र, अङ्गोलामा १५ नयाँ मृत्यु रेकर्ड गरियो, जुन जनवरीको सुरुमा प्रकोप सुरु भएदेखिको दोस्रो उच्च एकल दिनको सङ्ख्या हो । मार्च १५ मा १७ जनाको मृत्यु भएको रिपोर्ट गरिएको थियो ।

राष्ट्रिय राजधानी लुआन्डा बाहेक कुआन्जा नोर्टे र बेन्गुएला राज्यहरूमा पनि केसहरू बढेका छन् ।

बिहीबार लुआन्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्री सिल्भिया लुटुकुटाले नौ लाख २५ हनजार २६ जनालाई खोप लगाइएको र लक्षित जनसङ्ख्याको ८६ प्रतिशतलाई समेटिएको बताउनुभयो ।

सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रमा ७७ वटा हैजा उपचार केन्द्र र ६४ वटा ओरल रिहाइड्रेसन केन्द्र स्थापना गरेको उनले थपे ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १० : २२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग