‘केसरी–२’ : ६ वर्षअघि प्रदर्शनमा आएको अघिल्लो भागभन्दा कमजोर व्यापार « Khabarhub

‘केसरी–२’ : ६ वर्षअघि प्रदर्शनमा आएको अघिल्लो भागभन्दा कमजोर व्यापार


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक अक्षय कुमार स्टारर फिल्म ‘केसरी च्याप्टर- २’ प्रदर्शनरत छ । यो सन् २०१९ मा प्रदर्शनमा आएको अक्षयको हिट फिल्म ‘केसरी’को दोस्रो सिक्वेल हो ।

पहिलो भागमा नायिका परणिती चाेपडा थिइन् । सिक्वेलमा नायिकामा अनन्या पाण्डेया छिन् ।

भारतीय बक्स अफिस ट्रयाक्र स्याकनिल्कका अनुसार ‘केसरी’ले भारतमा मात्रै १५५ करोड भारुको व्यापार गरेको थियो ।

सिक्वेल गत शुक्रबार नेपाली मिति वैशाख ५ मा प्रदर्शनमा आएको थियो । यो फिल्म भारतको ठूलो मध्ये एक धर्मा प्रडक्सनको ब्यानरमा बनेको हो ।

ठूलो ब्यानर र हिट सिक्वेल भए पनि यस फिल्मले सुरुवाती दिनमा दर्शकबाट अपेक्षित साथ पाएको छैन ।

‘केसरी- २’ले पहिलो दिन शुक्रबार सात करोड ८४ लाख भारु व्यापार गरेको धर्मा प्रोडक्सनले दाबी गरेको छ । त्यस्तै, दोस्रो दिन शनिबार १० करोड आठ लाख भारु ग्रस कलेक्सन गरेको बताएको छ ।

‘केसरी’को तुलनामा सिक्वेलको व्यापार कमजोर हो । ‘केसरी’ले पहिलो दिन २१ करोड ६ लाखको व्यापार गरेको थियो । अर्थात्,पहिलो दिन ‘केसरी’को तुलनामा सिक्वेलको व्यापार १३ करोड ७६ लाखले कम हो ।

प्रदर्शनको दोस्रो दिन १० करोड आठ लाख ग्रस कलेक्सन गरे पनि सिक्वेलको व्यापार कमजोर देखिन्छ । दोस्रो दिन ‘केसरी’भन्दा सिक्वेलको व्यापार ६ करोड ६७ लाखले कमी छ ।

बक्स अफिस ट्रयाक्र स्याकनिल्कका अनुसार ‘केसरी- २’ले तेस्रो दिन आइतबार ८ करोड ३२ लाख भारुको ग्रस कलेक्सन गरेको छ । यो रकम केही तलमाथि भने हुनसक्छ ।

पहिलो भागको भन्दा सिक्वेलको तेस्रो दिनको कमाइ पनि करिब १० करोडको कमजोर छ । यसको पहिलो भाग अर्थात् ६ वर्षअघिको व्यापारसँग तुलना गर्दा पनि सिक्वेलको व्यापार कमजोर दिएको हो ।

भारतीय मिडिया आजतकका अनुसार ‘केसरी २’को शनिबारको अनुपेन्सी दिल्लीमा ३० प्रतिशत र मुम्बईमा २३ प्रतिशत छ ।

सुरुवाती तीन दिनको व्यापार र सकारात्मक ‘वर्ड अफ माउथ’का कारण यो फिल्मको व्यापार दोस्रो साता बढ्ने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : ०९ बजे

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

विदेशको ज्ञान, स्वदेशमा कमाइ

चितवन– दश वर्ष दुबईमा मजदुरी गरेर फर्किएका टीकाबहादुर गुरुङले मायाँटारमा

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौं– नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु