स्वास्थ्यमा समस्या भएपछि तीनकुने घटनामा पक्राउ परेका राप्रपा महामन्त्री राणा रिहा « Khabarhub

स्वास्थ्यमा समस्या भएपछि तीनकुने घटनामा पक्राउ परेका राप्रपा महामन्त्री राणा रिहा


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन्। राणा चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको दंगामा सहभागी भएको आरोपमा पक्राउ परेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार मुखमा क्यान्सर भएको स्थानमा समस्या भएपछि राणालाई श्रीमतीको जिम्मा लगाइएको हो । प्रहरीले क्यान्सर भएको ठाउँमा समस्या देखिएपछि आइतबार राति नै नेता राणालाई श्रीमतीको जिम्मा लगाएको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले तीनकुनेको घटनापछि पक्राउ परेका राप्रपा महामन्त्रीको स्वास्थ्य संवेदनशीलतालाई बुझेर रिहा गर्नु स्वागतयोग्य भएको बताए।

उनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र अन्य नेतालाई थुनामा राख्नु अन्नायपूर्ण र नाजायज भएको बताएका छन्।
उनले आस्थाका आधारमा बन्दी बनाइएका सबैलाई शिना शर्त रिहा गर्न मागसमेत गरेका छन्।

यो पनि पढ्नुहोस्

राप्रपा नेता रवीन्द्र मिश्र र धवल शमशेर राणा पक्राउ

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ५ : ४० बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ