शिक्षकहरूले आज पनि आन्दोलन जारी राख्ने « Khabarhub

शिक्षकहरूले आज पनि आन्दोलन जारी राख्ने


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले आज पनि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । 

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु हुने जनाएका छन् ।

उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदा झैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन् ।

शिक्षकहरूलाई काममा फर्काउन सरकारले पटकपटक वार्ता गरे पनि माग पूरा नभएसम्म घर नफर्किने उनीहरूको अडान छ । यसबीचमा प्रधानमन्त्री, सभामुख, शिक्षामन्त्रीसँग शिक्षक महासंघका प्रतिनिधिबीच भएका छलफलबाट कुनै समाधान निस्कन सकेको छैन ।

सरकारले माग पूरा गर्ने भन्दै संसद् अधिवेशन आह्वान गरिसक्दा समेत आन्दोलनरत शिक्षकहरू विश्वस्त हुन सकेका छैनन् । 

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ४५ बजे

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र