वन मुद्दाको फर्स्योटमा ढिलाइ  « Khabarhub

वन मुद्दाको फर्स्योटमा ढिलाइ 


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनस्थित डिभिजन वन कार्यालयमा १०२ वटा मुद्दा फर्स्योट हुन बाँकी छन् । आर्थिक वर्ष २०७६–७७  देखिएका ती मुद्दा  फर्स्योट हुन बाँकी रहेका हुन् ।

आर्थिक वर्ष २०७६–७७ देखि चालु आर्थिक वर्षको चैत मसान्तसम्मका १६९ वटा मुद्दामध्ये ६७ मुद्दा मात्रै फस्र्योट भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार ती मुद्दामध्ये १२ वन्यजन्तुसम्बन्धी मुद्दा हुन् भने अन्य वन पैदावारसम्बन्धी रहेका छन् । आर्थिक वर्ष २०७६–७७ मा १३ वटा, २०७७–७८ मा ३७ वटा, २०७८–७९ मा ४३ मुद्दा दर्ता भएका थिए ।

यस्तै २०७९–८० मा २७ वटा, २०८०–८१ मा २९ वटा र चालु आर्थिक वर्षको हालसम्म २० मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दाका २३० प्रतिवादी पक्राउ परेका छन् । तीनै मुद्दाका ९९ फरार प्रतिवादी रहेको उनले जानकारी दिए । मुद्दामा संलग्न व्यक्‍तिहरूबाट नौ मोटरसाइकल र ५३ साइकल बरामद गरिएको छ ।

कार्यालयमा मुद्दा दर्ता हुने भए पनि मुद्दाको फर्स्योट गर्ने विषयमा दुबिधा हुँदा लामो समयदेखि थन्किएर बसेका मुद्दाहरू गत आर्थिक वर्षबाट मात्रै फर्स्योट हुन सुरु गरेको हो । फौजदारी संहिता आएसँगै रोकिएको फर्स्योट गत आर्थिक वर्षमा मन्त्रालयको परिपत्रअनुसार फैसला गर्न थालिएकाले मुद्दा फर्स्योट सङ्ख्या कमी भएको हो ।

कार्यालयका प्रमुख थिरबहादुर कार्कीका अनुसार सरकारको डिभिजन वन अधिकृतले मुद्दा हेर्ने भनेको र अहिले डिभिजन वन कार्यालयहरू प्रदेश सरकारमा रहेकाले दुबिधा हुँदा मुद्दाको किनारा लगाउन ढिला भएको हो ।

यसअघि डिभिजन वन कार्यालयले मुद्दाहरू अदालतमा पठाउनुपर्ने र अदालतमा मुद्दाका चाप बढी हुने भएकाले ढिला भएको उनले बताए । डिभिजन वन कार्यालयले मुद्दा हेर्न पाउने भएपछि गत वर्ष र यस वर्षमा मुद्दाको फर्स्योट हुने क्रम बढेको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १० : १९ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका