गभर्नरको दौडमा रहेका गुणाकर भट्टविरुद्धको रिट दोस्रो दिन पनि ‘हेर्न नभ्याइने’ « Khabarhub

गभर्नरको दौडमा रहेका गुणाकर भट्टविरुद्धको रिट दोस्रो दिन पनि ‘हेर्न नभ्याइने’


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेका डा. गुणाकर भट्टको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सोमबार हेर्न नभ्याइनेमा परेको छ ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका भट्टको गभर्नरमा योग्यता नपुग्ने दाबीसहित शुक्रबार पुरक निवेदन हालेका थिए ।

उक्त पुरक निवेदनलाई गत चैत ३० गते परेको मूल रिटमै राखेर सुनुवाइ गर्न पेशी तोकिएको थियो । तर पेशीमा चढे पनि न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा यो निवेदन हेर्न नमिल्नेमा परेको हो ।

उक्त रिट आइतबार न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच डा. भट्टलाई गभर्नर बनाउनेबारे सहमति बनिसकेको छ ।

त्यही सहमतिअनुसार डा. भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । गभर्नरमा नियुक्त हुने विश्वाससहित भट्टले राजीनामा दिए पनि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले अझैसम्म अन्तिम तीनजनाको नाम पठाउन सकेको छैन ।

गभर्नर नियुक्तिबारे संशोधित मापदण्ड तत्काल कार्यान्वयन नगर्न, नगराउन सर्वोच्चले गत वैशाख २ गते नै अन्तरिम अल्पकालीन आदेश दिइसकेको छ । भट्टविरुद्ध परेको पुरक निवेदनलाई पनि सर्वोच्चले मूल रिटसँगै लगाउमा राखेको छ ।

गभर्नर पदको लागि संशोधित मापदण्डविरुद्ध यसअघि गत चैत ३० गते परेको रिटकै पूरक निवेदन परेको थियो । चैत ३० मा अधिवक्ताहरू अनन्दराज लुँइटेल, विकास भट्टराई, रामकृष्ण बञ्जारा र देवेन्द्र मैनालीले रिट हालेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  २ : २६ बजे

आमाको अकालमृत्यु रोक्न कार्यक्रम निरन्तरता दिन पौडेलको सुझाव

काठमाडौं– पूर्वस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका

सामुदायिक विद्यालयमा छ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा

वालिङ– भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

अछाम– अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं– कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली

अठार वर्षपछि सडक स्तरोन्नति गर्न थालियो

म्याग्दी– मार्ग खुलेको १८ वर्षपछि म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सडक