एनआरएनए एकता महाधिवेशनको तयारी तीव्र | Khabarhub Khabarhub

एनआरएनए एकता महाधिवेशनको तयारी तीव्र


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनआरएनए उच्चस्तरीय समितिले वैशाख २० गतेदेखि काठमाडौंमा हुने गैर आवासीय नेपाली संघ ( एनआरएनए) को एकता महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जनाएको छ ।  

एनआरएनए उच्चस्तरीय समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २० देखि २२ सम्म तय भएको एकता महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जनाएको हो । 

समितिले एकता महाधिवेशनमार्फत नयाँ कार्यसमिति निर्वाचित गर्नका लागि निर्वाचित समिति समेत गठन भइसकेको जनाएको छ । 

निर्वाचनलाई स्वच्छ, पारदर्शी र मर्यादित बनाउनका लागि संघका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समिति समितिका सदस्य देवमान हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका सदस्य सचिव रबिना थापाले जानकारी दिइन् । 

एकता महाधिवेशनमा बढी भन्दा बढी एनआरएनहरूको सहभागिताका लागि निःशुल्क सदस्यताको व्यवस्था गरिएको र १६ हजार भन्दा बढिले सदस्यताका लागि आवेदन दिएको उनले बताइन् ।  

लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध गरी एकताको महाधिवेशन गराउने जिम्मेवारी सर्वोच्च अदालतको परमादेश अनुसार प्राप्त भएपछि शेष घलेको अध्यक्षतामा एनआरएनए उच्चस्तरीय समिति गठन गरिएको थियो । 

समितिले वैशाख २० देखि २२ सम्म एकता महाधिवेशन गर्ने मिति तय गरेको हो । एकता महाधिवेशन आयोजना गर्नका लागि विभिन्न उपसमिति गठन गरी तयारीको काम तीव्र गतिमा अगाडि बढिरहेको समितिले जनाएको छ । 

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : १२ बजे

प्रचण्डसहित १९ माओवादी नेताका घर ध्वस्त

काठमाडौँ – भ्रष्टाचार र बेथितिविरूद्व जेन–जी पुस्ताले सुरू गरेको आन्दोलन

प्रधानमन्त्री कार्कीलाई युनुसको शुभकामना

काठमाडौं– बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की

रूसको क्यामचाट्कामा ७.४ म्याग्निच्युडको भूकम्प

मस्को– रूसको क्यामचाट्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ

विभिन्न मन्त्रालयमा तोडफोड र आगजनीपछि क्षति विवरण संकलन सुरु

काठमाडौं – जेन-जी प्रदर्शनबाट तोडफोड र आगजनी भएका प्रधानमन्त्री कार्यालय

हेटौँडामा जनजीवन सामान्य बन्दै

बागमती– स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यु हटाएपछि आज बिहानबाटै हेटौँडालगायत