विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन स्थगित हुँदैन : अध्यक्ष सुवेदी « Khabarhub

विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन स्थगित हुँदैन : अध्यक्ष सुवेदी


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफूहरूको आन्दोलन स्थगित नहुने बताएका छन् ।

सोमबार रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले सरकारले चाहेको खण्डमा केही दिनमा नै विद्यालय शिक्षा विधेयक टुङ्ग्याएर जारी गर्न सकिने अवस्था रहेको भन्दै विद्यालय शिक्षा ऐन टुङ्गोमा पुगेपछि मात्रै आफूहरू कार्यक्षेत्रमा फर्किने बताएका हुन् । अध्यक्ष सुवेदीले आफूहरूले सभामुख देवराज घिमिरेलाई भेट्दा १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा १३ गते नै ऐन जारी गर्न सकिने बताएको जानकारी दिए। 

आफूहरूले सरकारसँग २०७५, ०७८ र ०८० विभिन्न सम्झौता गरेको र अहिले तिनै सम्झौता कार्यान्वयनको लागि आन्दोलन भइरहेको उनले बताए। उनले सरकारले समयमा नै आफूहरूको माग नसुनेका कारण शिक्षकहरू अहिले एकसूत्रीय मागको साथ आन्दोलनमा आउनुपरेको तर्क गरे ।

उनले अहिलेको परिस्थितिमा कक्षा १२ को परीक्षा केही समय रोक्न नै उपयुक्त हुने जिकिर गरे ।  प्रधानाध्यापक, शिक्षक र कर्मचारी उक्त परीक्षामा सहभागी नहुने निर्णय आफूहरूले गरिसकेको उनले सुनाए । उनले अहिलेको समस्या समाधान भएपछि द्रुत गतिमा बढीभन्दा बढी शिक्षकहरू उपस्थित भएर एसईईको कपी परीक्षण गरिने र अन्य शैक्षिक गतिविधिलाई अघि बढाउने उल्लेख गरे।
 
आफूहरूसँग विगतमा गरिएका सहमतिको पालना गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले विगत २० दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ६ : ५१ बजे

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत