सुरक्षित पर्यटनका लागि राज्यका तर्फबाट पहल हुन जरूरी : प्रचण्ड « Khabarhub

सुरक्षित पर्यटनका लागि राज्यका तर्फबाट पहल हुन जरूरी : प्रचण्ड


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशैभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी रहेको बताएका छन्।

ताप्लेजुङमा अवस्थित पाथीभरा देवी (मुक्कुमलुङ) जाँदै गरेको सवारीसाधनमा करेन्ट लाग्दा तीर्थालुहरूको निधन भएको घटनाले यस्तै पाठ सिकाएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले घटनामा तीर्थयात्री दुर्गा भट्टराई, आध्या आचार्य, सरिता पौडेल र विनोद पौडेलको मृत्यु भएको दुखद घटनाले स्तब्ध भएको उल्लेख गरे । 

उनले मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क गुणस्तरीय उपचारका लागि सरकारसमक्ष मागसमेत गरे। 

उनले भने, ‘देशैभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानहरूको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी छ भन्ने पाठ यो घटनाले सिकाएको छ, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क गुणस्तरीय उपचारका लागि सरकारसमक्ष माग गर्दछु ।’
 

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : २९ बजे

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत