आम्दा अस्पतालमा डाइलासिस सेवा « Khabarhub

आम्दा अस्पतालमा डाइलासिस सेवा


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमक– आम्दा अस्पताल दमकमा मिर्गौला रोगीका लागि डाइलासिस सेवा सञ्चालन गरिने भएको छ । 

अस्पतालले भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालको सहकार्यमा २० शय्यासहित डाइलासिस सेवा विस्तार गर्न लागिएको हो । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमामा आयोजित एक कार्यक्रममा त्यससम्बन्धी सम्झौता गरिएको आम्दा अस्पतालका प्रशासक सुमन नेपालले जानकारी दिए। 

सम्झौतापत्रमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शिखर कट्टेल र ओमसाई अस्पतालका निर्देशक बालकुमार पोख्रेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार आगामी दुई महिनामा डायलासिस सेवा सुरु गरिनेछ । 
    
आम्दामा डाइलेसिस सेवा नहुँदा यस क्षेत्रका सेवाग्राही दमक बाहिर सेवा लिन जान बाध्य थिए । दमकको आम्दा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएपछि पूर्वी मोरङ, पश्चिम झापा, इलाम र पाँचथरका दक्षिणी क्षेत्रका लक्षित समुदायहरू लाभान्वित हुने अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. नवीन ढकालले बताए। ओमसाई पाथीभरा अस्पतालले लामो समयदेखि डायलासिस सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : ४९ बजे

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत