सूर्य थापाले भने : शिक्षा मन्त्रीकाे राजीनामा अनपेक्षित « Khabarhub

सूर्य थापाले भने : शिक्षा मन्त्रीकाे राजीनामा अनपेक्षित


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता सूर्य थापाले शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट दिनु अनपेक्षित र असान्दर्भिक भएको टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नेता थापाले उनको राजीनामा स्वीकृत नगर्न पनि सुझाव दिएका छन् । उनले भट्टराईले केही नराम्रो काम नगरेको भन्दै शिक्षकहरुको माग सम्बोधनका लागि प्रयास गरेको उल्लेख गरेका छन् ।

शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक हो। उहाँले राजीनामा दिन जरूरी थिएन। मेरो सुझाव छ( उहाँको राजीनामा स्वीकृत नगरियोस्, ताकि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि ११० दफासम्मको छलफल यही रफ्तारमा अघि बढ्नरबढाउन संभव हुनेथियो।उहाँले नराम्रो केही गर्नुभएको थिएन। शिष्ट, विनम्र, शालीन, अनुभवी र गंभीर व्यक्तित्वका साथ उहाँले अस्वस्थताका बाबजुद यस कामलाई निष्कर्षमा र्पुयाउन निष्ठाकासाथ कोसिस नै गर्नुभएको थियोे। बरू शिक्षक महासंघको नेतृत्वले आवश्यक र अनिवार्य समन्वय र सहयोग नगरी राजीनामाको माग गरेको तथ्य स्थापित खोज पत्रकार मकर श्रेष्ठले यहाँ लेख्नुभएको छ।’

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : २७ बजे

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत