तेक्वान्दो खेलाडी खड्काले जापान र अस्ट्रेलियामा प्रतिस्पर्धा गर्ने « Khabarhub

तेक्वान्दो खेलाडी खड्काले जापान र अस्ट्रेलियामा प्रतिस्पर्धा गर्ने


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले जापान र अस्ट्रेलियामा हुने छुट्टा–छुट्टै तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।

अस्ट्रेलियाको गोल्डकोस्टमा आयोजना हुने २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। गोल्डकोस्ट ओपन मे ३ र ४ मा हुनेछ।

त्यसअघि जापानको ओशाका शहरमा अप्रिल २५ देखि २७ सम्म हुने जापान वाता ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि उनी उतैबाट अस्ट्रेलिया जानेछन्।

कक्षा ११ मा अध्ययनरत उनलाई उनको कलेज नामी इन्टरनेसनल कलेजले आज एक कार्यक्रम गरी विदाइ गर्‍यो। उनले दुवै प्रतियोगितामा यू– १७ अन्तर्गत व्यक्तिगत पुम्सेमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ५४ बजे

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत