शिक्षक आन्दोलन नटुंगिनु विद्या भट्टराईको कमजोरी हो : महेश बस्नेत « Khabarhub

शिक्षक आन्दोलन नटुंगिनु विद्या भट्टराईको कमजोरी हो : महेश बस्नेत


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेत आफ्नै कमजोरीका कारण शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकाे बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नेता बस्नेतले आन्दोलन नटुंगिनु शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयंम मन्त्री कै कमजोरीको संकेत भएको उल्लेख गरेका छन् ।

उनले भट्टराईको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो व्यापक बढेको समेत लेखेका छन् ।

उनले लेखेका छन्, ‘शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुङ्गिएपछि राजीनामा दिनु भएको छ। आन्दोलन नटुंगिनु शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयं मन्त्री कै कमजोरीको संकेत हो । मन्त्री भएको बेला देखिनै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो ब्यापक बढेकै थियो।’

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : ११ बजे

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत