दक्षिण एसियाली कराँतेमा नेपाल पहिलो « Khabarhub

दक्षिण एसियाली कराँतेमा नेपाल पहिलो


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

धनगढी – दक्षिण एसियाली अन्तराष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपाल पहिलो भएको छ । प्रतियोगतामा सहभागी चाार देश मध्ये नेपाल सबैभन्दा बढी स्वर्णसहित पहिलो बनेको हो ।

प्रतियोगितामा भारत दोस्रो , मलेसिया तेस्रो र भुटान चौथो भएको छ । प्रतियोगिता भारतको झारखण्डमा बैशाख ५ देखि ७ गतेसम्म आयोजना गरिएको हो ।

कुल ९२ पदका लागि भएको खेलमा नेपाल एक्लैले ५४ पदक हात पारेको छ । नेपालबाट सुदूरपश्चिम, कर्णाली र लुम्बीनी प्रदेशबाट खेलाडी सहभागी भएका थिए। सुदूरपश्चिमबाट बाजुरा र कंचनपुर जिल्लाबाट खेलाडी थिए । बाजुरा एक्लैले १२ स्वर्ण २ रजत र १ कास्य जितेको छ ।

बाजुरा देश बाहिर इतिहासमै पहिलो पटक सहभागी भएको हो । सहभागी ८ जना खेलाडीले १६ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । ती मध्ये १२ स्वर्ण २ रजत र १ कास्य पदक हात पारेका छन् ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकाको तर्फबाट खेलाडी सहभागी गराइएको थियो । खप्तड छेडेदह गाउँपालिका खेल शिक्षक नरेन्द्र ओलीको नेतृत्वमा टोली सहभागि भएको हो । लामो समय भारतको मुम्बई कराँते सिकाएका ओलीले प्रतियोगितामा रेफ्रीको भूमिका समेत निर्वाह गरेका थिए ।

दक्षिण एसियाली खेलमा ओलीले उत्कृष्ट रेफ्री अवार्ड पनि पाएका छन् । इतिहासमै पहिलो पटक अन्तराष्ट्रिय खेलमा सहभागि हुनु नै उपलब्धीको विषय भएको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् । पदकसहित खेलाडी फर्किदा खुसी भएको उनको भनाइ छ ।

एक जनाले काता र फाइट गरि दुई विधामा भाग लिन पाउने नियम थियो । बाजुराबाट सहभागी शुशिल कठायतले ५५ केजी तौल समूहको काता र कुमुते दुवैमा स्वर्ण जिते । यस्तै ६० केजीमा अमृत बुढाले पनि दुवैमा स्वर्ण जिते । ५० केजी तौल समूहमा अमित रावतले पनि दुवैमा स्वर्ण जिते र ४५ केजी तौल समूहमा शुभम रावतले पनि दुवैमा स्वर्ण जितेका छन् ।

यस्तै महिला सहभागी तर्फ ६० केजी तौल समूहमा रमा रावतले १ स्वर्ण र १ रजत जितीन्, । ५० केजी तौल समूहमा गीता कुमारी कठायतले दुवैमा स्वर्ण जितीन । ४५ केजी तौल समूहमा सरिता कुमारी सुनारले १ रजत १ कास्य जितीत् र ४० केजी तौल समूहमा सुरेन्द्र कुमारी रावतले १ स्वर्ण र १ रजत हात पारिन् ।

तीन दशकदेखि अन्तराष्ट्रिय रेफ्री र प्रशिक्षक भएर बिताएका नरेन्द्र ओलीले आफ्नो जीवनकालकै राम्रो सफलता हासिल गरेको प्रतिक्रिया दिए ।

पछिल्लो समय सुदूरपश्चिमका दुर्गम गाउँहरुमा पनि खेल क्षेत्रको उल्लेख्य विकास भएको पाइन्छ । खेल प्रतिको युवा आकर्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा हुने सफलताले पनि प्रमाणित गरेको छ । स्रोतसाधन र सीप तथा प्रशिक्षण अभावबीच पनि युवाहरुमा खेल रुचि व्यापक देखिन्छ ।

भलिबल होस्, कि फुटबल, क्रिकेट होस् कि कराते गाउँ गाउँमा आयोजना हुने गरेका छन् । राष्ट्रपति रनिङ शिल्ड बाहेक कुनै खेल आयोजना नहुने बाजुरामा केही वर्षयता गोल्डकपदेखि क्रिकेटका क्षेत्रीय खेलहरु समेत आयोजना हुने गरेका छन् । यस्तै अभ्यास र सक्रियताले खेल क्षेत्रले राम्रो स्थान लिने गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : ३६ बजे

दैनिक १३ लाख मतपत्र छापिँदै

भक्तपुर– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१

झुटा सूचनाले समाजमा गम्भीर समस्या : उपाध्यक्ष पौडेल

लुम्बिनी- नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाका

वरिष्ठ रुसी सैन्य अधिकारीमाथि गोली प्रहार

काठमाडौं- एक जना रुसी वरिष्ठ सैन्य अधिकारीमाथि गोली प्रहार भएको

यज्ञराजको दाबी : एमाले ओखलढुंगामा विवाद छैन, एजेन्डाले चुनाव जित्छौँ

ओखलढुङ्गा- नेकपा एमालेले ओखलढुङ्गामा अरूलाई आक्षेप नलगाई आफ्नै एजेन्डाका आधारमा

वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गर्दै