धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र « Khabarhub

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलिगाड खानेपानी आयोजनाको काम तीव्र रूपमा अगाडि बढाइएको छ ।

सङ्घीय सरकारको रु एक अर्ब २६ करोडको लागतमा निर्माण प्रक्रिया सुरु भएको उक्त खानेपानी आयोजनामा हाल रु ९१ करोडमा ठेक्का सदर भइ काम भइरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । अबको एक वर्षमै निर्माण सम्पन्न गर्ने गरी काम तीव्र रूपमा अगाडि बढाइएको उनले बताए ।

तातोपानी, गोठीचौर र चन्दननाथ गरी तीनवटा स्थानीय तहका नागरिकलाई सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले बृहत् खानेपानी आयोजना निर्माण भइरहेको र यसबाट यहाँका आठ हजार ९०० भन्दा बढी घरधुरी तथा ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका प्रमुख इञ्जिनियर जोतिस मिश्रले बताए ।

उनले भने, “आयोजनाको काम तीब्र रूपमा भइरहेको छ । हालसम्म ७३ प्रतिशत भौतिक र ६२ प्रतिशत वित्तीय प्रगति भएको छ । एक वर्षपछि यहाँका नागरिकको खानेपानी समस्या समाप्त हुनेछ ।”

खानेपानीमन्त्री प्रदीप यादवले उक्त आयोजनाको निरीक्षण एवं अवलोकन गर्नु भई मन्त्रालयले परियोजनाका लागि पर्याप्त बजेट विनियोजन गरेकाले तोकिएको समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।

“जग्गाको समस्याले परियोजना निर्माणमा केही ढिलाइ भएको हो । अब समस्या समाधान भएर काम अगािड बढेको छ, परियोजनामा बजेटको कमी हुने छैन । त्यसैले एक वर्षभित्र काम सम्पन्न हुनेछ”, उनले भने।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : ४९ बजे

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले

चितवनमा हात्तीको वनभोज (तस्बिरहरू)

चितवन– विद्यार्थी, युवा–युवती वा अन्य उमेर समूहका मानिस एकजुट भएर वनभोज