भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर  « Khabarhub

भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर 


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भोजपुर– दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने  लक्ष्यले भोजपुरको सिक्रेटारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

कानका रोगीको सङ्ख्या बढ्दै गएपछि कान तथा अपाङ्गतासम्बन्धी शिविर सञ्चालन भएको हो । शिविरमा बिरामीको पहिचानसँगै निःशुल्क उपचारका साथै  औषधि पनि वितरण गरिएको छ ।

अरुण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रूपक मगरका अनुसार गाउँपालिकाको अन्य वडामा पनि शिविर सञ्चालन भएका छन् । निःशुल्क सेवा पाउँदा खुसी लागेको अरुण गाउँपालिका– ७ का स्थानीय जगत श्रेष्ठले बताए । ‘भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा लिन सकेका थिएनौँ, निःशुल्क स्वास्थ्य शिविरमार्फत उपचार गर्न पायौँ’, उनले भने ।

वडाको समन्वयमा गोर्खा वेलफेयर ट्रष्टले शिविर सञ्चालन गरेको हो । वडाले नागरिकको स्वास्थ्य बिमाबापत वार्षिक तीन हजार पाँच सय मध्ये पच्चीस सय वडाले र बाँकी एक हजार नागरिक स्वयंले व्यहोर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ८ : ५० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना