दलित परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै « Khabarhub

दलित परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गरिरहेको छ ।

नगरपालिकाले सिमलखेतमा बसोबास गर्ने दलित परिवारका लागि  निड्स नामक गैरसरकारी संस्थासँगको साझेदारीमा ११ वटा सुरक्षित आवास निर्माण गरिरहेको हो ।

६ लाख ५० हजारको लागतमा दुईकोठे घर निर्माण भइरहेको शुक्लाफाँटा–१० का वडाध्यक्ष लालबहादुर ऐरले बताए । यसै महिना निर्माण सम्पन्न गरेर दलित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।

सुरक्षित आवास निर्माण भएसँगै  सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा हुने भएको छ ।

‘पुरानो घरको छाना बर्खामा चुहिँदा अन्नपात, लुगाफाटा जोगाउन समस्या हुन्थ्यो भने सर्प, बिच्छीलगायत विषालु कीराको उत्तिकै डर हुन्थ्यो । हुरीले छाना उडाउँदाको पीडा शब्दमा व्यक्त हुँदैन’, उनले भने । 

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ९ : २५ बजे

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका