बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि « Khabarhub

बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ– न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ । पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित भएको हो ।

प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका, पञ्चकोट तथा शालग्राम सङ्ग्रहालय परिसरमा पर्यटक बढेका हुन् । पर्यटक बढेपछि कालिका मन्दिर परिसरमा सवारी पार्किङ व्यवस्थापनमा हम्मे पर्न थालेको छ ।

नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल, भैरवस्थान मन्दिर, गाईघाट झरना र ढोरपाटन सिकार आरक्ष पुग्ने पर्यटकमा समेत वार्षिक रुपमा वृद्धि भएको छ ।

विराटनगर  र पोखराबाट शैक्षिक भ्रमण, देशका विभिन्न भागका श्रद्धालु तीर्थयात्रीका रोजाइमा बागलुङका धार्मिक एवं पर्यटकीय गन्तव्यहरू पर्न थालेका छन् ।

हरेक दिन धार्मिक पर्यटकीयस्थल पञ्चकोट तथा बालाजीधाम मन्दिर कुडुँलेस्थित शालग्राम सङ्ग्रहालयमा देशका विभिन्न स्थानबाट घुम्न आउनेहरूको लर्को लाग्न थालेको छ । गत वर्ष एक लाखभन्दा बढी पर्यटकले शालग्राम सङ्ग्रहालयको दर्शन गरेको स्थानीय अर्जुन सापकोटाले जानकारी दिए ।

उनले नयाँ वर्ष २०८२ को पहिलो दिन कुडुँलेको शालग्राम शिलामा अहिलेसम्मकै धेरै पर्यटक आएको बताए । उनले चैते दशैँयता विद्यालय तथा क्याम्पसले विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि विभिन्न स्थानमा लैजाने गरेकोमा अधिकांश पोखरा क्षेत्रबाट भ्रमणका लागि यहाँ आएको बताए ।

कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार कालिका मन्दिरलगायत बागलुङ नगरपालिका आसपासका पर्यटकीयस्थलमा मुक्तिनाथ हिँडेका तथा शैक्षिक भ्रमणका लागि पर्यटक आउनेक्रम वृद्धि भएको छ ।

मुस्ताङ हिँडेका पर्यटकलाई बागलुङका पर्यटकीय गन्तव्यले आकर्षित गर्न थालेको पर्यटन व्यवसायी बताउँछन् । शैक्षिक भ्रमण तथा घुम्न आउने पर्यटकका कारण बागलुङका होटल यात्रीले भरिएका व्यवसायी अर्जुन चोखालले बताए ।

नेपालका सय पर्यटकीय गन्तव्यको सूचीमा पञ्चकोट र बागलुङ कालिका समावेश हुनु तथा पर्यटन व्यावसायीको सक्रियताले बागलुङमा आन्तरिक पर्यटकको आगमन बढेको हो ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ९ : ५५ बजे

६० वर्ष लामो विश्वकप उपाधि खडेरी तोड्ने दाउमा इंग्ल्यान्ड, आज कङ्गोसँग भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक

राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

इरान युद्ध : कतारका प्रधानमन्त्री र अमेरिकी दूतबीच दोहामा भेटवार्ता

काठमाडौँ – इरान र इजरायलबीच जारी तनावका बीच कतारको राजधानी

यी भूभागमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इक्वेडोरका खेलाडीको निन्द्रा बिगार्न मेक्सिकन प्रशंसकको हर्कत, फुटबल महासङ्घको उजुरी

काठमाडौँ – फिफा विश्वकप फुटबलको अन्तिम ३२ को निर्णायक खेलअघि