‘होस्टल–३’ टिमले घोषणा गर्‍यो नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ « Khabarhub

‘होस्टल–३’ टिमले घोषणा गर्‍यो नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’


७ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वर्ष प्रदर्शनमा आएको व्यापारिकरुपमा सफल ‘होस्टल–३’ निर्माण टिमले नयाँ फिल्म बनाउने घोषणा गेरेको छ ।

निर्देशक सशान कँडेलले बुधबार एक थिम पोस्टर सार्वजनिक गरी फिल्म ‘बाउ भर्सेस छोरा’ निर्माणको घोषणा गरेका हुन् ।
थिम पोस्टरले यो फिल्मले दुई पुस्ताको मत भिन्नताको कथा उठान गर्ने बुझाउँछ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार यो फिल्म ‘एक्स जेनेरेसन’ र ‘जेड जेनेरेसन’को फरक सोचलाई फिल्ममा रोचक र गहन ढंगले उतारिनेछ ।

फिल्मका लेखक माधव शर्मा भन्छन्, ‘नेपाली समाजमा बढ्दो पुस्तागत टकराब र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थता हामीले पर्दामा उतार्न खोजेका हौं ।’

वर्तमान समयमा बुवा र छोराबीचको भौतिक दूरीसँगै सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्र भागमा राखेर फिल्मको कथा लेखिएको उनले बताए ।

यो फिल्ममा पनि माधव र निर्देशक सशान कँडेलले सहकार्य गर्दैछन् । यो उनीहरुको दोस्रो सहकार्य हो । उनीहरुको पहिलो सहकार्य ‘होस्टल–३’मा भएको थियो, जुन फिल्मले ५१ दिन मनाएको थियो ।

‘होस्टल–३’मा जस्तै यस फिल्मको कथा निर्देशक कँडेलको हो भने स्क्रिप्ट शर्माले लेखेका हुन् ।

‘बाउ भर्सेस छोरा’को कलाकार चयनको काम बाँकी रहेको निर्माण पक्षले बताएको छ । यो र छायाङ्कन र प्रदर्शन मिति चाँडै सार्वजनिक गर्न तयारीमा निर्माण पक्ष रहेको बुझिएको छ ।

सम्मान इन्टरटेन्मेन्टको व्यानरमामा बन्ने यो फिल्मको कार्यकारी निर्माता शंकर कोइराला रहेको बताइएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  २ : ०९ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६