जब वैभवले मैदानमै छोए धोनीको पाउ… « Khabarhub

जब वैभवले मैदानमै छोए धोनीको पाउ…


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- आईपीएल-१८ को ६२औँ खेलमा राजस्थान रोयल्स (आरआर) ले चेन्नई सुपर किङ्ग्स (सीएसके) लाई ६ विकेटले हरायो ।

दिल्लीको अरुण जेटली स्टेडियममा चेन्नईले पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर १८७ रन बनायो। जवाफमा वैभव सूर्यवंशीको अर्धशतकको मद्दतले १७ बल बाँकी रहँदै आरआरले ले लक्ष्य भेट्टायो ।

मंगलबारको खेलमा धेरै रोचक क्षणहरू देख्न पाइए । महेन्द्रसिंह धोनी र सञ्जु स्यामसनले टी-२० मा आफ्नो ३५०औँ छक्का पूरा गरे ।

नूर अहमदको फ्री-हिट बलमा छक्का हानेर वैभव सूर्यवंशीले आफ्नो ५० रन पूरा गरे। आयुष म्हात्रेले तुषार देशपाण्डेलाई लगातार तीन चौका हानेपछि चौथो बलमा आउट भए ।

उता चेन्नईको पारीको दोस्रो ओभर फालिरहेका युद्धवीर सिंहले आफ्नो पहिलो ओभरमै दुई विकेट लिए। उनले चौथो बलमा ड्वोन कन्भेलाई रियान परागको हातबाट क्याच गराए ।

कन्भेले सर्ट-लेन्थ बललाई अगाडि बढेर खेलेका थिए। बल ब्याटमा राम्रोसँग कनेक्ट हुन सकेन। मिड-अफमा उभिएका रियान परागले सजिलो क्याच समाते । कन्भे १० रनमा आउट भए।

ओभरको अन्तिम बलमा युद्धवीरले उर्विल पटेललाई क्वेना मफाकाको हातबाट क्याच गराए। उर्विलले मिड-अनमाथिबाट शट खेल्न खोजेका थिए, तर ब्याट फर्कियो र मफाकाले उफ्रेर क्याच समाते। उर्विल शून्य रनमै आउट भए।

खेल सकिएपछि जब दुवै टोलीका खेलाडीहरू एक-अर्कासँग हात मिलाइरहेका थिए, त्यही बेला धोनी र वैभव आमने-सामने भए ।

धोनी आफूनजिक आउँदा वैभवले हात मिलाएनन् बरू उनोका खुट्टा छोए । त्यसपछि धोनीले वैभवतर्फ हेरेर मुस्कान दिए ।

वैभवको उत्कृष्ट प्रदर्शनले राजस्थानलाई खेल जिताउन मद्दत गर्‍यो। तर वैभवले केवल टिमलाई मात्र जिताएनन्, उनले महेन्द्र सिंह धोनीका खुट्टा छोएर सबैको मन पनि जिते ।

वैभवको यस सम्मानप्रति धोनीले पनि ठूलो मन देखाउँदै उनको ढाड थप्थपाए। वैभवले जुन तरिकाले धोनीलाई सम्मान दिए, त्यो देखेर सबैले उनको प्रशंसा गरेका छन्।

जब वैभव सूर्यवंशी चेन्नईविरुद्ध ब्याटिङ गरिरहेका थिए, विकेटकिपिङ गरिरहेका धोनी पनि उनका केही शटहरू देखेर चकित भए । वैभवले बलरहरूलाई जुन तरिकाले प्रहार गरे, त्यो देखेर धोनीले उनको प्रशंसा गरेका थिए।

खेलपछि वैभवले एमएस धोनीसँग भेट गरी क्रिकेट टिप्स पनि लिए । धोनी प्रायः खेलपछि युवा खेलाडीहरूसँग संवाद गर्ने गर्छन्। यसैक्रममा वैभवले पनि यो विशेष मौका छुटाएनन्।

अनौठो संयोग

खेलका अतिरिक्त धोनी र वैभवबीच एउटा अनौठो संयोग पनि देखियो । आईपीएलको इतिहासमा यो पहिलो पटक थियो जब मैदानमा सबैभन्दा बढी उमेरका र सबैभन्दा कम उमेरका खेलाडी एकसाथ देखिए। धोनी ४३ वर्षको उमेरमा आईपीएल खेलिरहेका छन् भने वैभव १४ वर्षका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  १ : ३६ बजे

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने

रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुसहित फसेका

लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा

काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ

विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल, घरेलु मैदानमा बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

बिपी राजमार्गमा आवागमन बन्द

काभ्रेपलाञ्चोक – वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा