शिवनाथ गाउँपालिकाले सुरु गर्‍यो ‘घरमा हुने सुत्केरी शून्य’ अभियान « Khabarhub

शिवनाथ गाउँपालिकाले सुरु गर्‍यो ‘घरमा हुने सुत्केरी शून्य’ अभियान


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको शिवनाथ गाउँपालिकाले ‘घरमा हुने सुत्केरी शून्य’ अभियान सञ्चालन गरेको छ । यसका लागि १७ सुरक्षित प्रसूति सेवा केन्द्र मार्फत सेवा प्रदान गरिराखेको छ ।

शिवनाथ ३ लाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिसकिएको छ भने अन्य वडालाई घोषणाको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

घरमा हुने सुत्केरी शून्य बनाउनका लागि स्वास्थ्य संस्थाभन्दा टाढा रहेका बस्तीलाई लक्षित गरेर प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

गाउँपालिकाका ६ वडामा १७ प्रसूति सेवा केन्द्र सञ्चालनमा रहेका छन् । उनले भने, ‘गाउँपालिकामा जनप्रतिनिधि आएपछि हरेक वडामा आवश्यकता अनुसार सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका छन् । २०७४ सालदेखि गाउँपालिकाका हरेक वडामा सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका हुन् ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताका अनुसार पालिकामा रहेका स्वास्थ्य संस्था र स्वास्थ्य संस्था बाहिर पनि प्रसूति सेवा केन्द्र सञ्चालनमा रहेका छन् । शिवनाथ को वडा नं १ मा ३, वडा नं २ मा ३, वडा नं ३ मा २, वडा नं ४ मा ३, वडा नं ५ मा ३ र वडा नं ६ मा तीन ओटा प्रसूति सेवा केन्द्र रहेका हुन् ।

स्वास्थ्य संस्थाभन्दा टाढा रहेका बस्तीलाई लक्षित गरेर प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका छन् भने स्वास्थ्य संस्थामा पनि चौबिसै घण्टा सुरक्षित प्रसूति सेवा सञ्चालनमा रहेको हुन् ।

प्रत्येक बस्ती र वडामा सुरक्षित प्रसूति सेवा प्राप्त भएपछि शिवनाथ गाउँपालिकालाई नै घरमा हुने सुत्केरी शून्य घोषणाको तयारी भएको छ । हरेक वर्ष स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका बताउँदै अध्यक्ष साउँदले आगामी बजेटमा पनि हामी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिने प्रतिबद्धता गरे ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा झन्डै दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । वडा र बस्तीमा सुरक्षित प्रसूति सेवा केन्द्रमार्फत सेवा विस्तार भएपछि मातृ मृत्यु र शिशु मृत्यु पनि शून्यमा झरेको प्रमुख प्रशासकीय अधिकृत महताले बताए ।

गाउँपालिकाभित्र रहेका सुरक्षित प्रसूति सेवा केन्द्र र स्वास्थ्य संस्थाबाट एक वर्षको अवधिमा ४०० महिलाले सेवा लिएका छन् । –रासस

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  १ : ४५ बजे

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको