जनता महंगीको मारमा परिरहँदा चामल किन्दिनँ, दानले चलेको भनेपछि जापानका कृषि मन्त्रीले गुमाए पद | Khabarhub Khabarhub

जनता महंगीको मारमा परिरहँदा चामल किन्दिनँ, दानले चलेको भनेपछि जापानका कृषि मन्त्रीले गुमाए पद


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशमा खाद्यान्नको चर्को मूल्य वृद्धि भइरहँदा ‘चामल कहिल्यै किनिनँ, मलाई सित्तैमा मिल्छ’ भन्ने अभिव्यक्तिका कारण जापानका कृषि मन्त्री ताकु एतोले राजीनामा दिएका छन्।

ताकु एतोको राजीनामाले प्रधानमन्त्री शिगेरु इसिबाको सरकारमाथि थप दबाव बढाएको छ ।

इसिबा चामलको बढ्दो मूल्यका कारण दैनिक जीवनमा परेको संकट नियन्त्रण गर्न असफल देखिएपछि राजीनामा दिन बाध्य भएका हुन् । यसका कारण आगामी जुलाईमा हुने माथिल्लो सदनको निर्वाचनअघि सरकारले जनताको आक्रोशको सामना गरिरहेको छ।

‘मैले अहिले प्रधानमन्त्री इसिबालाई आफ्नो राजीनामा बुझाएको छु,’ एतोले प्रधानमन्त्री कार्यालयमा पत्रकारहरूलाई भने ।

चामल कहिल्यै नकिनेको, बरु समर्थकहरूले दिने उपहारको भरमा चलिरहेको दाबी गरेपछि एतोको राजीनामा माग बढेको थियो।

गत हप्ता एउटा फन्डरेजर कार्यक्रममा एतोले भनेका थिए, ‘मैले कहिल्यै चामल किनेको छैन, किनभने समर्थकहरूले यति धेरै चामल दिन्छन् कि म त बेच्न सक्ने अवस्थामा छु ।’

यद्यपि केही समय अघि मात्रै एतोले चामलको मूल्यवृद्धिबाट उपभोक्ताहरूले भोगेको ‘पीडा’प्रति सहानुभूति जनाएका थिए। यसै वर्ष सरकारले मूल्य नियन्त्रण गर्न ३ लाख टन चामल बजारमा ल्याएको थियो।

बुधबार एतोको स्थानमा शिन्जिरो कोइजुमी मन्त्री नियुक्त भएका छन् । उनी अघिल्लो वर्ष इसिबाको नेतृत्वमा प्रतिस्पर्धा गरेका पूर्व वातावरण मन्त्री हुन् ।

एतोको अभिव्यक्तिले उपभोक्तालाई आक्रोशित बनाएको थियो । उपभोक्ताले गत वर्षको तुलनामा अहिले चामलको मूल्य लगभग दोब्बर तिर्नुपरेको छ।

यही अप्रिलमा सार्वजनिक तथ्यांक अनुसार ५ किलो चामलको औसत मूल्य ४ हजार २६८ येन (लगभग २९ डलर) पुगेको छ, जुन गत वर्षको तुलनामा दोब्बर हो।

एतोले क्योदो समाचार एजेन्सीसँग भने,‘चामलको मूल्य चरम अवस्थामा पुगेको बेला म कृषि मन्त्रालयको नेतृत्व गर्न उपयुक्त छु कि छैन भनेर आफैँलाई प्रश्न गरेँ । मेरो निष्कर्ष अब म यो पदका लागि उपयुक्त छैन भन्ने भयो ।’

उनले चामलको मूल्यवृद्धिका कारण संघर्ष गरिरहेका जनतासामु एक मन्त्रीको हैसियतमा अनुपयुक्त टिप्पणी गरेकोमा माफी मागेका छन् ।

जापानमा चामल अभावका कारणहरूमध्ये २०२३ को अत्यधिक गर्मीले उत्पादन घट्नु खराब र २०२४ मा आएको ‘मेगाकम्प’को चेतावनीपछिको अत्यकिन किन्ने काम प्रमुख रहेका छन् । थोक व्यापारी र वितरकहरूले पनि सम्भावित अभावलाई लिएर चामल जम्मा गरिरहेका छन् ।

प्रधानमन्त्री इसिबाले यसअघि नै एतोका अभिव्यक्तिका लागि माफी मागेका थिए । जारी चामल संकट र खाद्यान्न तथा ऊर्जा मूल्यवृद्धिले प्रधानमन्त्री इसिबाको सरकारको लोकप्रियता घटाइरहेको छ। क्योदोको पछिल्लो सर्वेक्षणमा ८७ प्रतिशत उत्तरदाता चामलको मूल्य नियन्त्रणमा सरकार असफल भएको भन्दै असन्तुष्ट देखिए।

एतोले आफ्नो अभिव्यक्तिले उनकी पत्नीलाई पनि रिस उठेको बताए । ‘उनले मलाई दानमा आएको चामल सकिएपछि किन्न जाने बताइन्’, एतोले भने, ‘हाम्रो परिवार पूर्ण रूपमा उपहारमा पाएको चामलमा मात्र चलेको होइन ।’

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  १ : ५४ बजे

लालीघाटमा हाट भर्न को जाला अब ?

सुर्खेत – गाउँ गाउँमा सडक पुगेसँगै राजमार्ग छेउमा रहेका ठूला

पोखराबाट ८२ तोला अवैध सुनसहित दुई जना पक्राउ

पोखरा- पोखरामा झन्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई

रास्वपाको अवरोधबीच संसद् सञ्चालन गरिएकोप्रति माओवादीको आपत्ति

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले रास्वपा र राप्रपाको

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन्

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७