‘वर्तमान सरकार आर्थिक विकास र पूर्वाधार निर्माणमा केन्द्रित छ’ « Khabarhub

‘वर्तमान सरकार आर्थिक विकास र पूर्वाधार निर्माणमा केन्द्रित छ’


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार आर्थिक विकास, पूर्वाधार निर्माणलगायत काममा केन्द्रित रहेको बताएका छन् । 

प्रेस चौतारी नेपाल दाङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार जनताका निराशा अन्त्य गर्दै आर्थिक विकासमार्फ जीवनस्तर उकास्ने काममा प्रयासरत रहेको उल्लेख गरे ।

अहिलेको सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म निरन्तर रहने दाबी गर्दै महासचिव पोखरेलले सरकारविरुद्ध कसैले नकारात्मक प्रचार गरे त्यो निराधार हुने धारणा राखे । सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार निरन्तर रहने उनले बताए ।

वर्तमान सरकारको नीति र योजनाका कारण पछिल्लो समय मुलुक आर्थिक रूपमा सबल बन्नुका साथै राजस्व सङ्कलनमा वृद्धि भएको महासचिव पोखरेलले दाबी गरे । 

‘दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि बोलपत्र आह्वान भएको छ, यथाशीघ्र काम सुरु हुन्छ । लमही–घोराही सडकलाई वैकल्पिक मार्गका रूपमा अगाडि बढाउने योजना सरकारले बनाएको छ’, उनले भने ।

उनले दाङको टरिगाउँ विमानस्थललाई विस्तार गरिने जनाउँदै पिउने पानी र सिँचाइका लागि पनि विभिन्न योजना बनाइएको बताए ।

‘दाङको औद्योगिक क्षेत्रमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्ने काम यथाशीघ्र सुरु हुनेछ’, उनले भने, इन्धन डिपो निर्माणको विषयमा सरोकार भएकासँग छलफल भइरहेको छ ।’

महासचिव पोखरेलले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा जग्गाको कित्ताकाट्को काम आगामी आर्थिक वर्षदेखि नै अगाडि बढाइने बताए । प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रममा यो विषय समावेश गरेको उनले जानकारी दिए  । 

प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विमल योगीले स्वागत गरेको थियो भने कार्यक्रम सञ्चालन सचिव निमुसङ्गम घर्तीले गरेका थिए । –रासस

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  २ : १२ बजे

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षा सम्बन्धी आइएसओ २७००१ र २७७०१ मान्यता नवीकरण

काठमाडौं– एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को आफ्नो

अमेरिकाको भ्रम टुटेपछि मन्जिलको संकल्प : गाउँमा शैक्षिक क्रान्ति, राजनीतिको कोर्स करेक्सन

काठमाडौं – बाबु प्राध्यापक गोवर्द्धन राना कांग्रेसका नेता थिए ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको