रूकुम पूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादीमा समाहित « Khabarhub

रूकुम पूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादीमा समाहित


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) को रूकुम पूर्व जिल्ला कमिटी नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । 

‘जनतासँग माओवादी– मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत बुधबार रूकुम पूर्वको सिस्ने गाउँपालिकामा पर्ने रुकुमकोटमा आयोजित ‘जनसंवाद’ कार्यक्रममा नेसपाको जिल्ला कमिटी माओवादीमा समाहित भएको हो । 

जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जीतमान पुन ‘मार्सल’ सँगै भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी माओवादीमा समाहित भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले दाबी गरेको छ । 

सचिवालयले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको जन वर्गीय संगठन दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामी पनि माओवादी केन्द्रमा समाहित भएका जनाएको छ । 

सचिवालयका अनुसार अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न  आग्रह गरेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  २ : ४५ बजे

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको